Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबजारमा एक हजार दरका नोटको अभाव छैन

बजारमा एक हजार दरका नोटको अभाव छैन


सुरेश राउत
काठमाडौँ, वैशाख २३
वित्तीय प्रणालीमा एक हजार दरका नोटको अभाव नभएको राष्ट्र बैंकले प्रष्ट पारेकोे छ । बजारमा एक हजार दरको नोटको अभाव रहेको भन्ने हल्ला निराधार रहेको समेत राष्ट्र बैंकले प्रष्ट पारेको छ । ‘विश्वव्यापीरुपमा कोरोना भाइरस (कोभिड १९)को महामारी फैलिएसँगै मुलक पछिल्लो समय यही चैत ११ गते पूर्णरुपमा लकडाउनमा रहेको छ ।

लकडाउनकै कारण बजारमा हजार दरको नोटको अभाव रहेको भनाइहरु आएका छन् तर यसमा कुुनै सत्यता छैन’, नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले भने । बजारमा अहिले चार सय अर्ब अर्थात् चार खर्ब रुपैयाँ रहेको छ । यो रकममध्ये ९० प्रतिशत रकम पाँच सय र हजार दरका रहेको र यो ठूलो परिमाणमा ठूला नोट चलनचल्तीमा हुँदा बजारमा नोटको अभाव नभएको उनले बताए ।

लकडाउन लम्बिँदै जाँदा केही बैंकको नोटको वितरण प्रणालीमा सामान्य समस्या आएको हुुनसक्ने उनको भनाइ छ । ‘केही बैंकहरुमा हजारको नोट कम र पाँच सयको नोट बढी पनि भएको हुुनसक्छ । यो अवस्थामा केन्द्रीय बैंकले पनि सम्बन्धित बैंकसँग जुुन दरको नोट बढी छ, त्यही नोटलाई नै एटीएम मेसिनमा राख्नुु भनेको हो, नोटको अभाव भएर होइन’, कार्यकारी निर्देशक नेपालले भने, ‘कोभिड १९ को यो महाहामारीमा नोटको स्थानान्तरण गरिरहँदा जोखिम पनि हुुने भन्दै आफूसँग जुुन नोट बढी छ, त्यही नोट एटीएम मेसिनमा राख्न भनेका हौँ ।’

चालू आर्थिक वर्षको पछिल्लो तथ्यांकलाई हेर्ने हो भने अहिले २७ वटा वाणिज्य बैंकहरुको मात्र तीन हजार दुुई सय ७४ वटा एटीएम काउन्टरहर सञ्चालनमा छन् । यसबाहेक क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २३ वटा विकास बैंकहरुको तीन सय ३७ वटा एटीएम काउन्टर रहेका छन् भने २२ वटा फाइनान्स कम्पनीहरुको ५१ वटा एटीएम काउन्टरहरु सञ्चालनमा छन् । तिनै समूहका गरी अहिले देशभर तीन हजार छ सय ६२ वटाको हाराहारीमा एटीएम मेसिनहरु सञ्चालनमा रहेका छन् । ‘यति धेरै संख्यामा एटीएम मेसिनहरु सञ्चालनमा रहंँदा केही एटीएम काउन्टरहरुमा केही बैंक तथा वित्तीय संस्थाहरुले हजारको साटो पाँच सय दरका नोटहरु बढी राखेका हुुन सक्छन् तर अभाव भएर भने होइन’, कार्यकारी निर्देशक नेपालले भने ।

प्रभुु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन पनि बजारमा एक हजार दरको ठूला नोटको अभाव भएको कुरालाई मान्न तयार छैनन् । कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामको लागि झण्डै अहिलेसम्म ४२ दिन लकडाउन भइसक्दा बैंकिङ क्षेत्रको निक्षेप तथा कर्जा प्रवाह दुवैमा कमी आएको छ ।

यो अवस्थामा केही संस्थाहरुमा हजार र पाँच सय दरका नोटहरु केही कम केही बढी भएको हुुन सक्छ, सोही आधारमा ती बैंकहरु आफूसँग बढी परिमाणमा जुन नोट मौज्दात छ, त्यही नोट एटीएम मेसिनमा राख्ने हो । बजारमा हजार दरका नोटको अभाव नै भएर एटीएम मेसिनमा पाँच सय दरका नोट बढी राखिएको भने पक्कै नभएको प्रमुुख कार्यकारी शेरचनले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया