Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोना पीडित थप दुई घर फर्किए, २४ घण्टामा कसैलाई कोरोना देखिएन

कोरोना पीडित थप दुई घर फर्किए, २४ घण्टामा कसैलाई कोरोना देखिएन


काठमाडौं, वैशाख २९
कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थ थप दुई जना बिरामी आइतबार निको भई घर फर्केका छन् । घर फर्केनेमा भोजपुर जिल्ला हतुवागढीका–६ का २६ वर्षीय उपेन्द्र राई र झापा बाह्रदशीका ४० वर्षीय महाजिर आलम रहेका छन् । यसअघि केन्द्रबाट गत सङ्क्रमितहरू वैशाख २४ गते ६ र वैशाख २६ गते आठजना निको भई घर फर्किसकेका छन् । घर फर्कने राई गत वैशाख १३ र आलम वैशाख १४ गते अस्पतालमा भर्ना भएका थिए । उनीहरूको पछिल्लो दुईपटक गरिएको थ्रोट स्वाब (पीसीआर) परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको कोशी अस्पतालले जनाएको छ ।

यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबारदेखि आइतबार दिउँसोसम्मका परीक्षणमा कुनै पनि थप व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थप व्यक्तिमा कोरोना भाइरस नदेखिएको तर सङ्क्रमण फैलन नदिन पीसीआर परीक्षणको दायरालाई बढाउँदै लगिएको छ ।

मन्त्रालयमा आयोजित नियमति पत्रकार सम्मेलनमा कोरोना भाइरस रोकथाम गर्नका लागि पीसीआर परीक्षण १६ हजार ८९८ र आरडीटी ५६ हजार ६५७ भएको छ । पछिल्लो २४ घण्टामा थप एक हजार ३१६ को परीक्षण सम्पन्न भएको छ । हाल १३ हजार ६२५ क्वारेन्टाइनमा रहेका छन् । आइसोलेशनमा १६४ रहेका छन् । शनिबारसम्म रेडजोनमा ३४० रहेका छन् । कोरोना भाइरस सङ्क्रमित ११० जना रहेका छन् । तीमध्ये ३३ जना ठीक घर फर्किएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया