एनआरएन अध्यक्षको प्रतिस्पर्धामा चार जना,८६ देशमा एनआरएन सञ्जाल
गैरआवासीय नेपाली संघ (एनआरएनमा) ७४ जनाको कार्यसमितिका लागि १२० जनाको उम्मेदवारी परेको छ । जहाँ एक अध्यक्ष पदका लागि चार जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षका लागि बद्री केसी,रविना थापा,महेश श्रेष्ठ र आरके(राजेन्द्रकुमार) शर्माको उम्मेदावरी परेको छ । ६ जना उपाध्यक्ष पदका लागि १८ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा उम्मेदवारी दिनेमा अभिमानसिंह बस्नेत,विजय मोक्तान,विनोद श्रेष्ठ,चिरन्जीवी घिमिरे,धर्मराज अधिकारी,गणेश केसी,ग)गाधर गौतम,गोविन्दप्रसाद श्रेष्ठ,हेमराज शर्मा,जेदु पोखरेल,केशव पौडेल,खगेन्द्र न्यौपाने,नारायण आर्चाय,राजु रेग्मी(राज),रामशरण सिंखडा,रोविनप्रसाद शेरचन,शशिकान्त पौडेल र सुनिल शाह छन् ।महिला उपाध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । रोजिना प्रधान राई र यसमिन बेगम सायिद छन् । युवा उपाध्यक्षमा अब्दुल बासिद र रोशन थापाको उम्मेदवारी परेको छ । महासचिवका लागि गौरीराज जोशी र बुद्धिसागर सुवेदीले उम्मेदवारी दिएका छन् । उपमहासचिवका दुई पदका लागि ५ जनाले उम्मेदावरी दिएका छन् । उम्मेदवारी दिनेमा कृष्ण (जगन्नाथ) गिरी, प्रवीन गुरुङ, प्रमोद सिटौला, सन्तोषकुमार भट्टराई र सोमनाथ सापकोटा छन् ।
सचिवका ६ पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन् । सचिवमा उम्मेदवारी दिनेहरूमा भीम केसी कमल, दयानिधि सापकोटा, ज्ञानेन्द्र रेग्मी, केपी सिटौला, कृष्णजीवी पन्थ, लोकप्रसाद दाहाल, मनोजकुमार श्रेष्ठ, नवराज रोस्यारा, पारसमणि पोखरेल, प्रकाश सापकोटा, राजेन्द्रप्रसाद पुडासैनी, रामचन्द्र पोखरेल, स्वतन्तत्रप्रताप शाह, टंकप्रसाद गैरे र यज्ञराज सुवेदी छन् । महिला सचिवका लागि दुई जनाको उम्मेदवारी परेको छ । यसमा विमला सापकोटा र राधिका गुरुङ रहेको निर्वाचन समितिले बताएको छ । यसैगरी कोषाध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । सुदनकुमार थापा र ठाकुरप्रसाद ढुंगानाबीच कोषाध्यक्षमा प्रतिस्पर्धा हुँदै छ । सहकोषाध्यक्षका तीन पदमा ६,महिला सहकोषाध्यक्षमा २,महिला संयोजकमा २ र युवा संयोजकमा २ जनाको उम्मेदवारी परेको छ । केही उम्मेदवार भने निर्विरोध भएको बुझिएको छ ।
गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्नु ठूलो उपलब्धि हो : प्रधानमन्त्री दाहाल
काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकै ठूलो सङ्घर्ष र मेहनतपछि गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था गरिएको जानकारी दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्दै उनले यो निकै ठूलो उपलब्धि हो भने
“नेपालको संविधानमा गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्था गर्न मैले निकै ठूलो सङ्घर्ष र पहल गरेको छु, त्यसकै बलमा तपाईँहरूले संवैधानिक अधिकार प्राप्त गरेका छन्”, उनले भने।
आफ्नो नेतृत्वको नयाँ सरकारको आग्रहअनुसार राष्ट्रपतिबाट नागरिकता विधेयक सदर भएपछि उक्त विधेयक कानुनमा परिणत भएको र नियमावली बनेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले भने, “मलाई विश्वास छ, विदेशमा रहनुभएका लाखौँ गैरआवासीय नेपालीहरूले यो नागरिकता कसको सङ्घर्ष र पहलबाट प्राप्त भयो भन्ने तथ्य राम्रोसँग बुझ्नुभएको छ । सबै साथी र सम्पूर्ण नेपाली जनसमुदायलाई पनि त्यसरी नै बुझाउनु हुनेछ ।”
गैरआवासीय नेपालीसँग सम्बन्धित थुप्रै सवाललाई सरकारको नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गरिएको उल्लेख गर्दै उनले विदेशी लगानीको न्यूनतम सीमा रु पाँच करोडबाट घटाएर रु दुई करोड कायम गरिएको बताए । “धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाइएको छ, यसैगरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमार्फत योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आबद्ध गर्ने निर्णय लागू भइसकेको छ”, उनले भने, “यो एउटा ऐतिहासिक काम भएको छ । अहिलेसम्म तीन लाखभन्दा बढी श्रमिक साथीहरू यो अभियानमा आबद्ध भइसक्नुभएको छ । आगामी दिनमा यो सङ्ख्या अरु बढ्ने हाम्रो विश्वास छ ।”
संसारभरि रहेका नेपाली नेपालका गैरआवासीय दूत भएको उल्लेख गर्दै उनले नेपालले गैरआवासीय नेपालीबाट धेरै अपेक्षा गरेको बताए । सरकारले सङ्घको स्थापनाकालदेखि नै सहकार्य गर्दै आएको जनाउँदै उहाँले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा गैरआवासीय नेपाली लक्षित विभिन्न कार्यक्रम घोषणा गरिएको बताए ।
सङ्घका कार्यकारी अध्यक्ष बद्री केसीले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेसँगै ‘एकपटकको नेपाली, सधैँको नेपाली’ भन्ने अभियान सार्थक भएको बताए । गैरआवासीय नेपालीको चाहनालाई सरकारले सम्बोधन गरेको उल्लेख गर्दै उनले सरकार र सम्पूर्ण राजनीतिक दलप्रति आभार प्रकट गरे। “यो (नागरिकता) कागज होइन, अभिभारा पनि हो, यसबाट ठूलो अभिभारा थपिएको छ, विदेशमा बस्ने नेपालीले मातृभूमिको समृद्धिमा योगदान गर्नुपर्छ”, उनले भने ।
अध्यक्ष कुल आचार्यले मुलुकको विकासमा ‘डास्पोरा’को महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै मुलुक बाहिर रहेका नेपालीलाई नागरिकताले मातृभूमिसँग जोडेको बताए । सङ्घका संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैरआवासीय नेपाली नागरिकता कागजको टुक्रोमात्र नभई गैरआवासीय नेपालीको मुटुको अंश भएको बताए । गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्ने कानुनी प्रबन्ध गरेकामा सरकार र सम्पूर्ण राजनीतिक दललाई धन्यवाद दिँदै उनले नेपाललाई समृद्ध बनाउन गैआवासीय नेपाली लागि रहेन विश्वास दिलाए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- लालुपाते सहकारीको रकम ठगी अभियोगमा सौर्य एयरलायन्सका क्याप्टेनसहित चारजना जेल चलान
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ केजी सुनसहित गोरखाका घले पक्राउ
- मिटरब्याजीले लिएको सात कठ्ठाबढी जग्गा छलफलबाट फिर्ता
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया