Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारटोक्योमा अवतरण गरेको यात्रुवाहक विमानमा आगोको मुस्लो

टोक्योमा अवतरण गरेको यात्रुवाहक विमानमा आगोको मुस्लो


काठमाडौं,टोक्योस्थित हानेदा विमानस्थलमा अवतरण गरेलगत्तै जापान एअरलाइन्सको एउटा यात्रुवाहक विमानबाट आगोको मुस्लो निस्किएको देखिएको छ।

जापानको प्रसारक एनएचकेले देखाएको भिडिओ फुटेजमा मुस्लो विमानको झ्याल र तलपट्टिबाट आएको देखिन्छ।

विमानबाट यात्रुहरू छिटोछिटो निस्किरहेको पनि देखिएको थियो।

एनएचके र रोयटर्स समाचारसंस्थाले जापान एअरलाइन्सलाई उद्धृत गर्दै विमानमा सवार सबै ३७९ यात्रुको उद्धार गरिएको जनाएका छन्।
विमानस्थलको धावनमार्गमा समेत आगो देखिएको छ।

घटनापछि उक्त विमानस्थलका सबै धावनमार्ग बन्द गरिएको अधिकारीहरूले बताएका छन्।
घटनाबारे हामीलाई के थाहा छ?
धावनमार्गमा आगो निभाउन अग्निनियन्त्रकहरूले प्रयास गरिरहेका छन्।

अधिकारीहरूलाई उद्धृत गर्दै एनएचकेले अवतरणलगत्तै उक्त विमान अर्को विमानसँग ठोक्किएको हुन सक्ने जनाएको छ।
विवरणहरूमा उक्त विमान जापानी तटरक्षक निकायको विमानसँग ठोक्किएको जनाइएको छ।

जापान कोस्टगार्डले यात्रुवाहक जेटसँग ठोक्किएको ठानिएको आफ्नो विमान सोमवारको भूकम्पका पीडितलाई सहायता सामग्री पुर्‍याउन नोतो प्राय:द्वीपको निगाता विमानस्थलतर्फ जाने क्रममा रहेको जनाएको विवरण रोयटर्सले प्रकाशित गरेको छ।
एअरबस ए३५० जेट विमान उत्तरी जापानको होकाइदोबाट आएको जापान एअरलाइन्सका प्रवक्ताले बताएका छन्।

जापानी प्रसारक टीबीएस र एनएचकेका अनुसार तटरक्षक निकायको विमानबाट एक व्यक्ति बाहिर निस्किएका छन् भने त्यसमा सवार अरू पाँच जनाको अवस्था अझै थाहा हुन सकेको छैन।(बीबीसी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया