Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्लाटिनियम कलेजका कार्यकारी प्रमुख गुरुङ सुन तस्करीको आरोपपछि फरार !

प्लाटिनियम कलेजका कार्यकारी प्रमुख गुरुङ सुन तस्करीको आरोपपछि फरार !


काठमाडौं,दिल्ली बजारमा रहेको प्लाटिनियम कलेजका कार्यकारी प्रमुख जीवन बहादुर गुरुङ सुन तस्करीको आरोप लागेपछि फरार भएका छन् ।पूर्व उपराष्ट्रपति नन्द बहादुर पुन पासाङका सल्लाहकार गुरुङ १४ किलो सुन तस्करीको गिरोहको योजनाकार रहेको अनुसन्धानले देखाएको छ र त्यसपछि अदालतले उनी विरुद्ध पक्राउ पुर्जी जारी गरेपछि फरार भएका हुन ।

पूर्व उपराष्ट्रपतिका सल्लाहकार गुरुङ पर्वतका स्थायी वासिन्दा हुन । गत मंसिर २१ गते फ्लाई दुवईको उडानबाट १४ किलो सुन ल्याएका गोरखाका चन्द्र घले रंगेहात पक्राउ परेपछि अनुसन्धानमा पूर्वउपराष्ट्रपति पासाङका सल्लाहकार गुरुङ योजनाकार रहेको पाइएको हो । गुरुङले गोरखाका मीन घले र लमजुङका दानबहादुर गुरुङलाई परिचालित गरेर गोर्खाका चन्द्र घले र स्याङ्जाका कृष्ण कुमार श्रेष्ठलाई निरन्तर सुनतस्करी गर्न लगाएको पाइएको छ । यसअघि गत साउन २ गते बे्रक सु मा लुकाएर ल्याइएको ६१ किलो सुन बरामद भएको थियो भने त्यस अघि २०७९ पुस १० गते विद्युतीय चुरोट पेपमा राखेर ल्याएको ९ किलो सुन बरामद भएको थियो । भेप मार्फतको सुन तस्करीमा माओवादी नेता एंव पूर्व सभामुख कृष्ण बहादुर महरा र उनका छोरा राहुल महरा संलग्न रहेको आरोप लागेको थियो।

तर सरकारले पूर्व सभामुख महरालाई छुटाएर अनुसन्धान गर्न सीआइवीलाई ठाडो निर्देशन दिएपछि उनका छोरा राहुल महरा पक्राउ परेका छन् । तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका स्वकीय सचिव बनेका उनका छोरा प्रतीक थापा,पूर्व सभामुख कृष्ण बहादुर महराका छोरा दीपेश पुन त्यसताका सबै धन्दाका साझेदार रहेको चर्चा चल्दै आएको छ । यी तीन वटै सुन काण्ड पनि एक अर्काबीच संवन्धीत रहेको अनुसन्धानले देखाएको छ । पूर्व गृहमन्त्री थापा र प्रतीक थापा नक्कली भुटानी शरणर्थी काण्डमा संलग्न रहेको आरोप लागेपछि फरार रहँदै आएका छन् । निरन्तर भइरहेको सुन तस्करीका नाइके भनिएका वेल्जीयम नागरिक दावा छिरिङ र अमला रोका भरिया मात्र रहेको अनुसन्धानबाट खुल्दै आएको छ र त्यसका पछाडि माओवादी नेतृत्वले राज्य सत्ता प्रयोग गरेको तथ्य पूर्व उपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ संलग्न भएको खुलेपछि थप रहस्योदघाटन हुन पुगेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया