पोखरामा पहिलोपटक चङ्गा म्युजिक एण्ड आर्ट फेस्टिवल हुँदै
पोखरा । पोखरामा पहिलोपटक चङ्गा म्युजिक एण्ड आर्ट फेस्टिवल हुने भएको छ । युवाहरुको सशक्तिकरणमा टेवा पुर्याउने लक्ष्यका साथ चङ्गा प्रोडक्सनले फेस्टिवल आयोजना गर्न लागेको हो ।
शनिबार पोखराको प्रदर्शनी केन्द्रमा हुने फेस्टिवलको सबै तयारी पूरा भएको छ । प्रोडक्सनका प्रबन्धक निर्देशक विवेक गुरुङका अनुसार फेस्टिवलमा प्रजिना, जोन चाम्लिङ राई र सृजल विक्रम भण्डमारी (स्रेगो)ले विशेष प्रस्तुति दिनेछन् भने हुबाको टिमले फेसनशो प्रस्तुत गर्नेछ ।
निर्देशक गुरुङले हुबाको कोरियोग्राफीमा पोखराकै मोडलहरुले फेसनशो गर्ने बताए । यस्तो कार्यक्रम पोखरामा पहिलोपटक आयोजना गरिएको भन्दै उनले यसले पोखराको र नवदित कलाकारलाई प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरे ।
हुबा ब्राण्डले विगत दुई बर्षदेखि विभिन्न प्रकारका कपडालाई ब्राण्ड गर्दै आएको छ । युवाहरु मिलेर सञ्चालनमा ल्याएको हुबाले चङ्गा प्रोडक्सनसँग सहकार्य गर्न पाएकोमा हुबाका क्रियटिम म्यानेजर सुशिल सापकोटा खुसी छन् । सापकोटाले अरुबेला हुने फेसनशो भन्दा चङ्गा फेस्टिबलमा फरक खालको शो हुने जानकारी दिए । उनका अनुसार यो इभेन्टमा फरक खालको शो देख्न पाइनेछ ।
म्युजिकमा र्याम्प वाक मात्र नभएर एक्टिङलाई पनि स्थान दिने उनले बताए । फेस्टिबलमा द इन्फ्लेम ब्यान्ड, द अदृश्य किरण एण्ड मोर लगायतले सांगीतिक प्रस्तुति दिनेछन् । फेस्टिबलमा विभिन्न आर्ट लगायत पोखरेली ब्राण्डहरुका करिब ४० वटा स्टल रहने छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- भारतलाई पेनाल्टीमा हराउँदै नेपाल साफ माहिला च्याम्पियनसिप फुटबलको फाइनलमा
- थाई एयर एसियाको उडान निलम्बित
- ऊर्जामन्त्री र उद्योगमन्त्रीसँग काटिएको लाइन जडान गर्न आग्रह
- गैरआवासीय नेपालीका लागि लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध छ: मन्त्री भण्डारी
- मुन्दुम पदमार्गमा पर्यटकको चाप बढ्दो
- २६ सय १७ बिन्दुमा खुम्चियो शेयर बजार
- प्रविधिको विकाससँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै
- ‘कर्मचारी दर्पण’ लोकार्पण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया