Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगाँजा मिसाइ केक व्यापार गर्ने एकजना पक्राउ

गाँजा मिसाइ केक व्यापार गर्ने एकजना पक्राउ


काठमाडौं । लागूऔषध नियन्त्रण ब्युरोले अवैध लागूऔषध गाँजा मिसाइ केक व्यापार गरेको जनाएको छ । ब्युरोका प्रहरी उपरीक्षक एवम् प्रवक्ता चक्रराज जोशीले यस कार्यमा संलग्न २६ वर्षीय विशन मानन्धरलाई काठमाडौँको घट्टेकुलोबाट पक्राउ गरेको बताए ।

ब्युरोको टोलीले यसबारे विशेष सूचना प्राप्त भएपछि मानन्धरलाई उनको घरबाट पक्राउ गरेको हो । प्रवक्ता जोशीले पक्राउ परेको मानन्धरको कोठाबाट विभिन्न लागूऔषध गाँजाको धुलो १२१ ग्राम, तयारी अवस्थाको केकको झोल १७८ ग्राम, लागूऔषध गाँजा केजी ७५४ ग्राम, इलेक्ट्रिक ओभन थान १, ग्लोबल आईएमई बैङ्कको एटिएम थान १, सेतो रङ्गको डिजिटल तराजु थान १, केक बनाउने ट्रे थान २, बेकर्स क्रिएसन प्रालिको भौचर थान १, चकलेट चिप्सको बट्टा थान १, चकलेट फ्लेबरको बोटल थान ५, अर्डरको सामान डेलिभरी गर्ने निलो र रातो रङ्गको हाते झोला आदि बरामद गरेको बताएका छन् ।

प्रवक्ता जोशीले मानन्धरमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको बताएका छन् ।


क्याटेगोरी : समाचार, सुरक्षा अपराध

तपाईको प्रतिक्रिया