Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्रियसभाका अध्यक्ष र आयरल्याण्डको माथिल्लो सभाका अध्यक्षबीच भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष र आयरल्याण्डको माथिल्लो सभाका अध्यक्षबीच भेटवार्ता


काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरी बट्टिमरबीच भेटवार्ता भएको छ । नेपालको पाँचदिने औपचारिक भ्रमणमा रहेका अध्यक्ष बट्टिमरले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा आज(सोमबार) भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा अध्यक्ष तिमिल्सिनाले युरोपियन युनियनले नेपालमाथि लगाएको हवाई प्रतिबन्ध खुल्ला गरिदिन आग्रह गरेका थिए । राससले जनाएनुसार उनले हवाई प्रतिबन्धका कारण नेपालको अर्थतन्त्र र पर्यटनमा नकारात्मक असर परेको बताउँदै आयरल्याण्ड इयूको सक्रिय सदस्य भएका कारण नेपाली विमानमाथि युरोपेली आकाशमा लागेको प्रतिबन्ध हटाउन सकारात्मक पहल र परिणाम आउनेमा विश्वस्त भएको बताए । उनले आयरल्याण्डमा नेपाली विद्यार्थीका लागि छात्रवृत्ति बढाउन आग्रह गर्दै त्यसबाट उत्पादित दक्ष जनशक्तिलाई नेपालको विकास र समृद्धिमा लगाउन सकिने समेत उल्लेख गरे ।

अध्यक्ष तिमिल्सिनाको सचिवालयका अनुसार भेटवार्ताका क्रममा आयरल्याण्डका माथिल्लो सदनका अध्यक्ष बट्टिमरले आफू नेपाल भ्रमणबाट फर्केपछि हवाई प्रतिबन्ध हटाउने विषयमा संवाद र छलफल अगाडि बढाउनेमा विश्वास दिलाएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया