Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआनको अध्यक्षमा थापा

आनको अध्यक्षमा थापा


काठमाडौं । नेपाल विज्ञापन संघ(आन)को अध्यक्षमा सुदीप थापा निर्विरोध निर्वाचित भएका छन् । आनको २४औँ वार्षिक साधारणसभाले ११औँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको हो । आनको पदाधिकारीमा कोषाध्यक्षबाहेक अन्य पदमा समेत निर्विरोध निर्वाचित भएका थिए । आनको प्रथम उजय शाक्य, द्वितीय उपाध्यक्ष पकजलाल प्रधान, महासचिव कृष्णप्रसाद घिमिरे, सचिव सन्तोष खड्का निर्विरोध निर्वाचित भएका थिए ।

कोषाध्यक्ष पदमा भने चुनावमार्फत साजन श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै, एक जनाबाहेक अन्य सात जना सदस्य समेत चुनावमार्फत निर्वाचत भएका छन् । अरुणकाजी स्थापित भने निर्विरोध निर्वाचित भएका थिए । चुनावमार्फत सदस्य निर्वाचित हुनेहरूमा भने रोशन रेग्मी, सन्तोष सिलवाल गिरी, दीपेन्द्र पौडेल, विधान राजभण्डारी, रोशन पौडेल, मनिष अधिकारी र प्रभात रिमाल रहेका छन् । संघको निर्वाचनबाट सबै विज्ञापन क्षेत्रको प्रतिनिधित्व रहेको र सबै क्षेत्र समेटिएको बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 9

तपाईको प्रतिक्रिया