Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपशुपतिनाथ मन्दिर परिसरमा स्तनपानकक्ष सञ्चालन

पशुपतिनाथ मन्दिर परिसरमा स्तनपानकक्ष सञ्चालन


काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा स्थापना स्तनपानकक्ष आजदेखि सञ्चालनमा आएको छ । उक्त कक्षको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले स्वच्छ वातावरणमा स्तनपान गराउने व्यवस्था भएकामा त्यसको सराहना गरिन् ।

राज्यमन्त्री सिर्पालीले स्तनपान कक्ष देशभित्र तथा बाह्यमुलुकबाट आउने भक्तजनमा सकारात्मक सन्देश प्रवाह हुने बताइन् । मन्दिर परिसरमा स्तनपानकक्ष पशुपति क्षेत्र विकास कोषले स्थापना गरेको हो ।

मन्दिर परिसरमा स्तनपानकक्ष नभएका कारण सडक पेटी, सुरक्षाकर्मीको कार्यकक्षलगायत स्थानमा स्तनपान गराउनुपर्ने बाध्यताबाट काखेशिशु लिएर मन्दिर आउने आमाहरू मुक्त भएका पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक लक्ष्मी पुनले बताइन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया