विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न विश्वविद्यालयसँग सम्झौता
गोदावरी (कैलाली) । काठमाडौँ विश्वविद्यालयसँग कैलालीको धनगढी उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सम्झौता भएको छ । सम्झौतापत्रमा गुणस्तरीय तथा समावेशी शिक्षाका लागि पाँच वर्षमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उल्लेख गरिएको नगरप्रमुख गोपाल हमाललले बताए ।
कार्यक्रमलाई पहिलो वर्षमा पाँचवटा विद्यालय छनोट गरी कार्यक्रम कार्यान्वयन गरिने र सम्झौता अवधिभरमा उपमहानगरपालिकाका सबै विद्यालयमा कार्यान्वयन गरिने सम्झौतापत्रमा उल्लेख छ । आवश्यकता पहिचानका आधारमा आगामी पाँच वर्षका लागि कार्यक्रमको कार्ययोजना तयार गरी लागू गरिने जनाइएको छ ।
कार्यक्रमको सुरुमा सिपीइसी युनिटले धनगढी उपमहानगरपालिकाअन्तर्गतका विद्यालयमा अध्ययन गरी आवश्यकता पहिचान गर्ने छ । काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशनले सिपीइसी युनिटमार्फत कार्यक्रमलाई कार्यान्वयन गर्नेछ ।
काठमाडौँ विश्वविद्यालयका तर्फबाट स्कुल अफ एजुकेशनका डीन प्रा डा बालचन्द्र लुइँटेल र धनगढी उपमहानगरपालिकाका तर्फबाट नगरप्रमुख हमालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।
सम्झौता हस्ताक्षर कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा, स्कुल अफ आर्टस्का डीन इकुमाया पुनलगायत स्कुल अफ एजुकेशनका विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- तीन वर्षमा आयल निगम ४९ अर्ब घाटादेखि वार्षिक १० अर्ब रूपैयाँ नाफामा, तर नेपालमा किन मूल्य उल्लेख्य घटेन?
- प्यारिस ओलिम्पिक्स २०२४: पहिलोपटक रङ्गशालामा मात्र नभई सहरभरि उद्घाटन समारोह, यस्तो थियो रौनक
- चीनबाट ६५ अर्बको सामान आयात
- सरकारलाई असफल हुने छुट छैन : सञ्चारमन्त्री गुरुङ
- चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण
- चारवटा प्रदेशमा भारी वर्षा हुने
- पर्यटन नीति र कानुन समयानुकूल बनाइने छ: मन्त्री पाण्डे
- सौर्य एयरलाइन्सका चालक शाक्यको स्वास्थ्यमा सुधार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया