Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारब्रिटिस काउन्सिल नेपालको ६५औँ वार्षिकोत्सव

ब्रिटिस काउन्सिल नेपालको ६५औँ वार्षिकोत्सव


काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले आफ्नो स्थापनाको ६५ औँ वार्षिकोत्सव मनाएको छ । आफ्नो मुख्य कार्यालय लण्डनमा एक प्रदर्शनीको आयोजना गर्दै काउन्सिलले सहकार्य, साझेदारी र प्रभावको ६५औँ वर्षको स्मरण गरेको छ ।

सो कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रब फेनले बेलायत र नेपालबीचको सम्बन्ध चीरस्थायी रहेको बताए । ब्रिटिस काउन्सिल नेपालले दुई मुलुकहरूबीचको सांस्कृतिक तथा शैक्षिक सम्बन्धहरूलाई सुदृढ बनाउन उल्लेख्य भूमिका खेलेको उनको भनाइ थियो । त्यसैगरी बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले ब्रिटिस काउन्सिलले आयोजना गरेको प्रदर्शनीले नेपाल र बेलायतबीचको सांस्कृतिक तथा शैक्षिक आदानप्रदानलाई उजागर गर्ने बताए । दुई शताब्दीभन्दा लामो द्विपक्षीय सम्बन्धको पृष्ठभूमिमा आयोजित यस प्रदर्शनीले दुई मुलुकहरूबीच रही आएको मित्रता, सहकार्य र सहयोगलाई थप फराकिलो र सुदृढ बनाउन सघाउने उनको भनाइ थियो ।

बेलायत र नेपालबीच कूटनीतिक सम्बन्धको एक आशंकारूपमा ६५ वर्षअघि स्थापना भएको ब्रिटिस काउन्सिल नेपालले पहिलो ब्रिटिस पुस्तकालय स्थापना गरेको थियो । ब्रिटिस काउन्सिल नेपालकी देशीय निर्देशक, शाहिदा म्याकडुगले पहिलो ब्रिटिस पुस्तकालयको स्थापनादेखि हालसम्मको यात्राको चर्चा गरेकी थिइन् । ब्रिटिस काउन्सिल नेपालले नेपालको शैक्षिक तथा सांस्कृतिक फाँटमा रूपान्तरणकारी प्रभाव छोड्न सफल भएको उनले बताइन् । लण्डन मुख्य कार्यालयमा आयोजित प्रदर्शनीले ब्रिटिस काउन्सिलले शैक्षिक तथा सांस्कृतिक क्षेत्रहरूमा गरेका प्रयासहरू र उल्लेख्य योगदानहरूलाई प्रष्टाएको छ । प्रदर्शनी लण्डनको रेडम्यान पी एल, इ२० १जेक्यु, बेलायतमा सर्वसाधारणका लागि १ अप्रिल, २०२४ सम्म खुला रहने बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया