Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुन तस्करीमा संलग्न दुई चिनियाँलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ !

सुन तस्करीमा संलग्न दुई चिनियाँलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ !


काठमाडौं,सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ परेका छन् ।हेटौंडा–१०, स्थित बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैठौं तहमा कार्यरत् रामचन्द्र अर्याललाई प्रहरीले पक्राउ गरेको छ।

यसअघि यातायात कार्यालय काठमाडौं, ठूलो भर्याङबाट सरुवा भएर अर्याल बागमती प्रदेशसभा सचिवालयमा आएका थिए ।काभ्रे प्रहरीको अनुरोधमा अर्याललाई बुधवार प्रदेशसभा सचिवालयबाटै पक्राउ गरी मकवानपुर प्रहरीले जिम्मा लगाइएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया