सर्वज्ञमान–विष्णुदेवी संस्कृति पुरस्कार पोयुसापलाई अर्पण
पोखरा , यस वर्षको सर्वज्ञमान–विष्णुदेवी संस्कृति पुरस्कार पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाप) लाई अर्पण गरिएको छ ।भैरव सांस्कृतिक संरक्षण समितिले प्रदान गर्दै आएको उक्त पुरस्कार शनिबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले (पोयुसाप) का अध्यक्ष उपेन्द्र पौडेललाई अर्पण गरे । पुरस्कारको राशि नगद रु.१ लाख १ र सम्मानपत्र रहेको छ ।यसअघि यो पुरस्कार फत्तेमान, सत्यमोहन जोशी, अम्बर गुरुङ, प्रेम ध्वज प्रधान, जगमान गुरुङ लगायतले प्राप्त गरेका थिए ।
सो अवसरमा प्रमुख आचार्यले पोखरालाई सांस्कृतिक रूपमा एकताबद्ध गर्न पोखरेली युवा सांस्कृतिक परिवारको भूमिका उल्लेखनीय रहेको बताए । पोयुसाप पोखराको ब्रान्डका रूपमा विकसित हुँदै गएको उनले दावी गरे ।भैरव सांस्कृतिक संरक्षण समितिका अध्यक्ष तीर्थमान प्रधानाङ्गले झन्डै पाँच दशकदेखि पोखरालाई साहित्य, संस्कृति र कलाका माध्यमबाट प्रवर्द्धनका खातिर प्रशंसनीय कार्य गरेकाले पोखरेली युवा सांस्कृतिक परिवारलाई पुरस्कार अर्पण गरिएको बताए ।कार्यक्रममा सर्वज्ञमान प्रधानाङ्गका छोरा तथा भैरव नृत्यका गुरु कृष्णमान प्रधानाङ्ग, पुरस्कार प्राप्त गर्ने पहिलो व्यक्ति कृष्णबहादुर श्रेष्ठले पुरस्कारको गरिमाबारे चर्चा गरे ।
संस्कृतिकर्मी तीर्थ श्रेष्ठका अनुसार सर्वज्ञमान प्रधानाङ्ग शास्त्रीय संगीत साधक तथा संस्कृतिकर्मी हुन् । पोखरामा देखाइने भैरवनृत्य सञ्चालनमा वाद्यवादक, राग गायक एवं गुरुका रूपमा उनको भूमिका उल्लेख्य छ ।संस्कृति र संगीतको क्षेत्रमा सक्रिय संस्कृतिकर्मी, साधक, सेवी र संस्थाहरूको सम्मान गर्ने उद्देश्यले आफू र धर्मपत्नीको नाममा उनले आफू जीवित रहँदा नै सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार २०५५ सालमा नै स्थापना गरी सञ्चालनको अभिभारा भैरव सांस्कृतिक संरक्षण समितिलाई दिएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- बञ्चरो प्रहार गरी २ जनाको हत्या
- सोमबार काठमाडौंमा नेपाल स्वास्थ्य सम्मेलन
- नेपाल व्यवस्थापन संघद्वारा आयोजित प्रि बजेट छलफल सम्पन्न
- ‘घरजग्गा खरिदबिक्री नहुँदा अर्थतन्त्र कमजोर’
- गोविन्द केसीको आमरण अनशन सुरु
- राप्तीसोनारीमा फैलिएको झाडापाखालाबाट २९ जना बिरामी
- संसद्को गतिरोध खुलाउने काम सत्तापक्षको हातमा’
- मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया