Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसंकटामा पूजा गर्नेको लाइन न्यूरोड हुँदै धरहरासम्म !

संकटामा पूजा गर्नेको लाइन न्यूरोड हुँदै धरहरासम्म !


काठमाडौं,चैत १७ गते शनिबार विहान टेवहालमा रहेको संकटा मन्दीरमा पुजा गर्ने भक्तालुहरुको लाईन न्यूरोड गेट बाट जोशी कम्प्लेक्स अगाडी हुँदै खिचापोखरी सम्म पुगेको छ ।

भक्तालुहरुले आफूलाई संकट परेपछि त्यसबाट पार पाउने कामना गर्दै संकटा मन्दीरमा पुजा अर्चना गर्ने गर्दछन् । पछिल्लो समय आर्थिक मन्दीका कारण काठमाडौं उपत्यकामा आर्थिक संकट चुलींदै गएको छ र घर परिवार तथा व्यवसाय धान्न मुस्किल पर्दै गएको छ । समाजमै आर्थिक संकट चुलिंदै गएपछि त्यसबाट पार पाउन मन्दिरमा लाइन लागेका हुन् ।

संकटा मन्दीर टेवहालबाट शुरु भएको लाइन न्यूरोड गेट,पुरानो अमेरिकन लाइव्रेरी,खीचापोखरी चोक हुँदै शनिबार बिहान धरहराले पार्किङमा जान खोलेका ट्याक सम्म पुगेको छ र यो लाइनले समाजमा परेको चरम आर्थिक संकटको व्यारोमिटर प्रस्तुत गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया