Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद, २५ करोड जरिवाना

नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद, २५ करोड जरिवाना


काठमाडौँ । नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई विशेष अदालतले तीन वर्ष कैद सजाय तोकेको छ । सम्पत्ति शुद्धीकरण गरेको आरोपमा दोषी ठहर भएका न्यौपानेलाई विशेषका अध्यक्ष न्यायाधीश टेकनारायण कुवँर र सदस्य न्यायाधीश रामबहादुर थापाको इजलासले तीन वर्षको कैद र २५ करोड ६९ लाख ७५ हजार जरिवाना तोकेको हो ।

सम्पत्ति शुद्धीकरण विभागले न्यौपानेविरुद्ध १२ करोड ८४ लाख ८७ हजार बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले विभागको मागबमोजिम बिगोको दोब्बर जरिवाना तोकेको हो । विभागले न्यौपानेसहित ६ जना पूर्वसञ्चालकविरूद्ध मुद्दा चलाएको थियो । उनीहरूले संगठितरूपमा कलेजको झण्डै आठ करोड रकम हिनामिना गरेको विभागमा उजुरी परेको थियो । उजुरी परेपछि विभागले दुई वर्षसम्म छानबिन गरी मुद्दा चलाएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया