Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउपाध्यक्ष सापकोटाद्वारा निरन्तर पार्टी र आन्दोलनमा लाग्न आग्रह

उपाध्यक्ष सापकोटाद्वारा निरन्तर पार्टी र आन्दोलनमा लाग्न आग्रह


धुलिखेल (काभ्रेपलाञ्चोक) । नेकपा (माओवादी केन्द्र) काभ्रेपलाञ्चोक जिल्ला कमिटीको आइतबार नवौँ पूर्ण बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले माओवादी आन्दोलनको यात्रा जारी रहेको बताएका छन् । उनले माओवादी पार्टीमात्रै नभएर विचारसहितको आन्दोलन पनि भएकाले निराश नभएर निरन्तर पार्टी र आन्दोलनमा लाग्न आग्रह गरे ।

राजनीतिलाई कमजोर रूपमा नलिन र सामान्य ढङ्गले नसोच्न आग्रह गर्दै सबै कुराको निर्धारण विचार र सिद्धान्तले गर्ने भएकाले पार्टी जति बिग्रिदै गए पनि आन्दोलनको यात्रा नरोकिने उनले बताए । जनताले अझै पनि माओवादी पार्टीप्रति नै बढी विश्वास गरेको भए पनि २०५७ सालदेखि माओवादी पार्टीभित्र विचारको संश्लेशण गर्ने परिपाटी छोड्दै गएकाले पार्टी पछि पर्दै गएको उनको भनाइ छ ।

पार्टीलाई अझ गति पैदा गराउन राजीतिक खोज, अनुसन्धान र विश्लेषणलाई महत्वका साथ लिएर नयाँ योजना बनाएर अगाडि बढिरहेको उल्लेख गर्दै उनले आम नेता, कार्यकर्ताले पनि आफूलाई रुपान्तरण गर्दै बदल्न आफैँलाई चिन्नका लागि सोच्नसमेत आग्रह गरेका छन् ।

कतिपय नेताले चित्त नबुझेर दिने गरेको राजीनामा मात्रै समस्याको समाधान नभएको टिप्पणी गर्दै नेतृत्व लिन र त्यही खालको परिणाम दिनेगरी काम गर्न तयार रहन आग्रह गरेका छन् । पार्टीको केन्द्रीय सदस्य एवं काभ्रेपलाञ्चोक जिल्ला कमिटी इन्चार्ज तेजबहादुर मिजारले पार्टीले ल्याएको जबस मोर्चालाई सङ्गठित र क्रियाशील बनाउने अभियानलाई मूर्तरुप दिन अभियानमा लामबद्ध हुन तयार रहेको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया