Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोना संक्रमित चार हजार तीन सय ६४

कोरोना संक्रमित चार हजार तीन सय ६४


काठमाडौँ, , जेठ २९
नेपालमा कोरोना संक्रमितको संख्या चार हजार तीन सय ६४ जना पुगेको छ । बुधबार २ सय ७९ जनामा सङ्क्रमण पुष्टि भएपछि उक्त संख्या पुगेको हो । बुधबार नै ९० जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पुरुष २ सय ५७ र महिला २२ जनामा सङ्क्रमण देखिएको बताए । यसैबीच, कोभिड १९ को सङक्रमणबाट बुधबार ९० जना निको भएका छन् । विभिन्न अस्पतालमा ८८ पुरुष र दुई महिला पूर्णरुपमा निको भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।

गौतमका अनुसार कोशी अस्पतालबाट एक महिला र पाँच पुरुष, सशस्त्र प्रहरीको बलम्बु अस्पतालबाट एक महिला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १८ पुरुष, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एक पुरुष, कोभिड १९ अस्पताल जनकपुरबाट ३७ पुरुष, सप्तरीको महेन्द्र गेनाई आइसोलेसनबाट २० पुरुष, कोरोना अस्पताल दाङबाट सात पुरुष छन् । हालसम्म ६७४ जना डिस्चार्ज भइसकेका छन् । तीमध्ये ५९५ पुरुष र ७९ महिला छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया