Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंकिङ प्रणालीमा कसरी बढ्यो आठ खर्ब रुपैयाँ निक्षेप ?

बैंकिङ प्रणालीमा कसरी बढ्यो आठ खर्ब रुपैयाँ निक्षेप ?


बैंकिङ प्रणालीमा पछिल्लो एक वर्षमा करिब आठ खर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाको निक्षेप गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सात खर्ब ७२ अर्ब ९९ करोड १० लाख रुपैयाँले बढेको छ । यस आर्थिक वर्षको फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६१ खर्ब ८७ अर्ब ६४ करोड ६० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको फागुन मसान्तमा बैैंक तथा वित्तीय संस्थाको निक्षेप ५४ खर्ब १४ अर्ब ६५ करोड ५० लाख रुपैयाँ थियो । वाणिज्य बैंकहरूको निक्षेप ५४ खर्ब ७१ अर्ब ८४ करोड ५० लाख रुपैयाँ पुगेको छ । पछिल्लो एक वर्षमा सात खर्ब पाँच अर्ब ५९ करोड रुपैयाँ निक्षेप बढेको छ ।

गत आर्थिक वर्षको फागुन मसान्तमा वाणिज्य बैंकहरूको निक्षेप ४७ खर्ब ७१ अर्ब २८ करोड ६० लाख रुपैयाँ थियो । विकास बैंकहरूको निक्षेप गत फागुन मसान्तमा पाँच खर्ब ९३ अर्ब ५८ करोड १० लाख रुपैयाँ थियो । यो निक्षेप गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५९ अर्ब तीन करोड ३० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको फागुन मसान्तमा पाँच खर्ब ३४ अर्ब ५४ करोड ८० लाख रुपैयाँ निक्षेप थियो । फाइनान्स कम्पनीहरूको निक्षेप गत फागुन मसान्तमा एक खर्ब २२ अर्ब २१ करोड ९० लाख रुपैयाँ छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ अर्ब ३९ करोड ९० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको फागुनमा फाइनान्स कम्पनीहरूको निक्षेप एक खर्ब आठ अर्ब ८२ करोड रुपैयाँ थियो ।

एक वर्षमा झण्डै आठ खर्ब रुपैयाँले निक्षेप रकम बढ्दा निक्षेप खाताको संख्या ५१ लाख ९५ हजार दुई सय छ वटाले बढेर पाँच करोड ४४ लाख सात हजार २० पुगेको छ । गत आर्थिक वर्षको फागुनमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप खाता संख्या चार करोड ९२ लाख पाँच हजार पाँच सय १४ वटा थियो । यस अवधिमा वाणिज्य बैंकहरूको निक्षेप खाता संख्या ४२ लाख ४७ हजार पाँच सय आठ वटा बढेको छ । गत आर्थिक वर्षको फागुन महिनामा चार करोड २३ लाख ६० हजार एक सय ६५ निक्षेप खाता रहेकोमा यस वर्ष फागुनमा चार करोड ६६ लाख सात हजार छ सय ७३ वटा पुगेको छ ।

विकास बैंकहरूको निक्षेप खाता आठ लाख ४४ हजार पाँच सय ३६ ले बढेर गत फागुनमा ६९ लाख ४१ हजार आठ सय ८६ वटा पुगेको छ । एक वर्षअघि फागुन मसान्तमा विकास बैंकहरूको निक्षेप खाता संख्या ६० लाख ९७ हजार तीन सय ५० थियो । फाइनान्स कम्पनीहरूको निक्षेप खाता संख्या गत फागुनमा आठ लाख ५१ हजार एक सय ६१ वटा छ । जुन एक वर्षअघिको तुलनामा एक लाख तीन हजार एक सय ६२ले बढी हो । गत आर्थिक वर्षको फागुन मसान्तमा फाइनान्स कम्पनीहरूको निक्षेप खाता संख्या सात लाख ४७ हजार नौ सय ९९ थियो ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया