Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्रीलाई सफाइ दिएको पत्रविरुद्ध रिट दर्ता गर्न आदेश

महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्रीलाई सफाइ दिएको पत्रविरुद्ध रिट दर्ता गर्न आदेश


काठमाडौं । सहकारी ठगी प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री रवि लामिछानेलाई सफाइ दिएको पत्रविरुद्ध रिट दायर गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । महान्यायधिवक्ता डा दीनमणि पोखरेलले गृहमन्त्री लामिछानलाई सहकारी ठगी प्रकरणमा सफाइ पत्र दिएपछि सोविरुद्ध अधिवक्ता अनुपम भट्टराईले पेश गरेको रिट यसअघि सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको थियो । दरपिठको आदेशविरुद्ध भट्टराईले इजलासमा निवेदन दिएका थिए । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले बुधबार यसअघि दरपिठ गर्ने निर्णय मिलेको नदेखिएको भन्दै सर्वोच्च प्रशासनलाई रिट निवेदन दर्ता गर्न आदेश गरेको हो ।

महान्यायाधिवक्ता कार्यालयले गत वैशाख २४ गते गृहमन्त्री लामिछानेको सहकारी ठगी सम्बन्धमा कुनै पनि कार्यालयमा अनुसन्धान/अभियोजन र अनुसन्धान नभएको भनी पत्र दिएको थियो । सो पत्रको वैधानिकताका बारेमा प्रश्न उठाएर अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता पोखरेलविरुद्ध रिट निवेदन दर्ता गरेका थिए । महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र देखाउँदै गृहमन्त्री लामिछाने आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् ।

सर्वोच्चको यो आदेशपछि अधिवक्ता भट्टराईले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता हुने भएको छ । अधिवक्ता भट्टराईले तल्ला निकायहरूमा अनुसन्धान भएको र हुन सक्ने विषयमा कुनै व्यक्तिले निवेदन दिएको भरमा छानबिन भएको छ वा छैन भनी पत्र जारी गर्दा त्यसको दुरुपयोग हुन सक्ने भन्दै महान्यायाधिवक्ता कार्यालयबाट जारी भएको पत्र बदर गर्न माग गरेका थिए । यस्तै, आगामी दिनमा यस्ता पत्रहरू जारी नगर्न कार्यालयको नाममा आदेश जारी गर्न र गृहमन्त्री लामिछाने पदमा रहेकाले उनीमाथि सहकारी छानबिनमा कठिनाइ भइरहेकाले छानबिनअघि बढ्ना साथ उनलाई पदबाट हटाउन वा निलम्बनको अवस्थामा राख्न आदेशको माग गरेका थिए ।

बुटवलको सुप्रिम, पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको साहारा सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा ९५ करोड ८१ लाख रुपैयाँ गैरकानुनीरूपमा लगानी भएको भन्दै उक्त प्रालिका तत्कालीन सञ्चालक तथा प्रबन्ध निर्देशक रहेका लामिछानेमाथि कारबाही गर्नुपर्ने मागसहित प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद् अवरुद्ध गरिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x