Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘बुद्धको उपदेशलाई सबैले पालना गरौँ’ 

‘बुद्धको उपदेशलाई सबैले पालना गरौँ’ 


काठमाडौँ । बुद्ध जयन्तीका अवसरमा बिहीबार शुभकामना सन्देश जारी गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

हाम्रो देश अझै पनि हिंसा, मानव अधिकार प्रतिकूल घटनाबाट मुक्त हुन नसकेको बताउँदै कांग्रेस सभापति देउवाले मानव अधिकार विरोधी क्रियाकलाप सदाका लागि अन्त्य गर्न सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिएका छन् ।

“शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालना गरौँ, अशान्ति, हत्या र हिंसाको विरोध गरौँ । देशमा शान्ति कायम होस्, सबै प्रकारका दमनबाट सबैले मुक्ति पाउँन्”, उनले शुभकामना सन्देशमा भनेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x