Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजोखिमपूर्ण क्षेत्रमा फाइनान्स कम्पनीहरुकोे ऋण लगानी

जोखिमपूर्ण क्षेत्रमा फाइनान्स कम्पनीहरुकोे ऋण लगानी


काठमाडौं, मंसिर २८
बैंकिङ क्षेत्रमा औषतमा एक दसमलव ७४ प्रतिसत कर्जा निष्क्रिय देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालुु आवको कात्र्तिक मसान्तसम्ममा २८ वटा बाँणिज्य बैंक, क्षेत्रिय र राष्ट्रियस्तरका समेत गरी २५ वटा बिकास बैंक र २२ वटा फाईनान्स कम्पनीहरुले कुुल ३४ खर्ब ४३ अर्ब आठ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ३० खर्ब ४५ अर्ब ७५ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा झण्डै दुुई प्रतिसत कर्जा निष्क्रिय देखिएको हो ।

राष्ट्र बैंकका अनुुसार बाँणिज्य बैंकहरुमा मात्र भने एक दसमलव ६१ प्रतिसत कर्जा निष्क्रिय देखिएको छ । चालुु आवको कात्र्तिक मसान्तसम्ममा बाँणिज्य बैंकहरुले २९ खर्ब ७३ अर्ब ५९ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी २६ खर्ब ३७ अर्ब ४३ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा उक्त अनुुपातमा कर्जा निष्क्रिय देखिएको हो । बिकास बैंकहरुमा भने औषत निष्क्रिय कर्जा बाँणिज्य बैकहरुको तुलनामा कम देखिएको छ । राष्ट्र बैंकका अनुुसार चालुु आवको कात्तिक मसान्तसम्ममा बिकास बैंकहरुको औषत निष्क्रिय कर्जा एक दसमलव २६ प्रतिसत रहेको छ । यस अवधिमा बिकास बैंकहरुले कुुल तीन खर्ब ९० अर्ब ४९ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब ३६ अर्ब ९७ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेकाछन ।

फाईनान्स कम्पनीहरुमा भने निष्क्रिय कर्जाको अनुपात उच्च देखिएको छ । राष्ट्र बैकले निष्क्रिय कर्जाको अधिकतम सिमा पाँच प्रतिसत भन्दा कम तोकेको भएपनि फाईनान्स कम्पनीहरुको औषत निष्क्रिय कर्जा आठ दसमलव ८७ प्रतिसत देखिएको छ । सञ्चालनमा रहेका २२ वटा फाईनान्सहरु मध्ये अहिले पनि धेरै वटा फाईनान्स कम्पनीहरुमा समस्याग्रस्त अवस्थाबाट मुक्त भई सुधारको चरणमा रहेकाकारण पनि निष्क्रिय कर्जा उच्च देखिएको हो । राष्ट्र बैंकका अनुुसार चालुु आवको कात्र्तिक मसान्तसम्ममा फाईनान्सहरुले कुुल ७९ अर्ब १० लाख रुपैयाँ निक्षेप संकलन गरी ७१ अर्ब ३४ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेकाछन ।

(रकम रु. दश लाखमा, निष्क्रिय कर्जा प्रतिसतमा)
बिवरण बाँणिज्य बैंक बिकास बैंक  फाईनान्स कम्पनी    कुुल
निक्षेप २९७३५९७ ३९०४९२ ७९००१ ३४४३०८९
कर्जा २६३७४३९ ३३६९७३ ७१३४४ ३०४५७५६
निष्क्रिय कर्जा १.६१ १.२६ ८.८७ १.७४
(श्रोत नेपाल राष्ट्र बैंक)

पुुन १० अर्ब २३ करोड रुपैयाँको ट्रेजरी सोमबार :- नेपाल राष्ट्र बैंकले पुुन ट्रेजरी बिल जारी गर्ने भएको छ । यसअघि यही मंसिर २३ गते ९१ दिने अवधिको दुुई अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको राष्ट्र बैंकले सोमबार पुुन १० अर्ब २३ करोड रुपैयाँको बराबरको टे«जरी बिल जारी गर्न लागेको हो । ट्रेजरी खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले सो दिन अपरान्ह दुुई बजेसम्म आवेदन दिनुु पर्ने छ ।

जारी गरिने कुुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको आठ अर्ब २३ करोड र तीन सय ६४ दिने अवधिको दुुई अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । सो मध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुुने २०७६ चैत चार गते तोकिएको छ भने तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७७ मंसिर ३० गते तोकिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया