Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुरक्षा भरपर्दो छ, ढुक्कसँग मतदान गर्नुहोस् : प्रमुख आयुक्त यादव

सुरक्षा भरपर्दो छ, ढुक्कसँग मतदान गर्नुहोस् : प्रमुख आयुक्त यादव


काठमाडौं, मंसिर २० ।
प्रतिनिधि तथा प्रदेशसभाको दोस्रो चरणको निर्वाचनको सुरक्षित महसुस गरेर मतदान केन्द्रमा जान मतदातालाई प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आग्रह गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले निर्वाचनको सबै काम पूरा भएको र ढुक्क भएर मतदान गर्न मतदातालाई आह्वान गरेका हुन् ।

यादवले सुरक्षाको समेत बलियो प्रबन्ध सरकारले गरेको हुँदा ढुक्क भएर मतदान गर्न आग्रह गरेका हुन् । उनले भने, ‘सुरक्षामा अहिले क्रमिक सुधार आएको छ, आम मतदाताहरुको लागि सरकारले भरपर्दो सुरक्षा प्रबन्ध गरेको छ, म सुरक्षाको बलियो व्यवस्थाबारे पूर्ण विश्वस्त छु ।’ यद्यपि उनले निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवारलाई लक्षित गरेर घटाइएका घटनाहरुप्रति खेद व्यक्त गरे । यादवले थपे, ‘म यस्ता घटनाहरुप्रति दुःख व्यक्त गर्दछु, आयोग घटनाको भत्र्सना गर्छ ।’ उनले निर्वाचनमा व्यापक उत्साह देखिएको भन्दै आफूहरुले निर्वाचनलाई पर्वको रुपमा लिएको समेत बताए । उनले भने, ‘निर्वाचनको तयारीको क्रममा व्यापक जनसहभागिता देखिएको छ, आम मतदाताहरुमा उत्साह छाएको छ, यो निर्वाचनलाई हामीले त पर्वको रुपमा लिएका छौं, त्यसैले दृढतापूर्वक मतदान गर्न आग्रह गर्दछु ।’

यादवले निर्वाचनको व्यवस्थापकीय काम समेत आयोगले पूरा गरिसकेको जानकारी दिए । उनले भने, ‘मतदाताहरुलाई परिचपत्र बाँड्ने कामदेखि लिएर अन्य व्यवस्थापकीय काम सम्पन्न भइसकेको छ, आयोग अहिले अहोरात्र ‘स्ट्याण्डबाई’ अवस्थामा छ, जिल्लामा केही कठिनाइ भए ती सबै समस्याहरु हल गर्नको लागि हामी तयारी अवस्थामा बसेका छौं ।’ आयोगका पदाधिकारीहरु निर्वाचन हुने ४५ वटै जिल्लाको लागि सूक्ष्म अनुगमन गर्ने काममा व्यस्त रहेको समेत यादवले जनाए ।

मतदान सकिएलगत्तै सुरक्षित तवरले मतपेटिकाहरु केन्द्रमा पु¥याउनको लागि समेत सम्बन्धित कर्मचारीहरु तयारी अवस्थामा रहेको यादवले जनाए । त्यस्तै मतगणनाको लागि पनि आयोगले आवश्यक निर्देशिका जारी गरिसकेको पनि उनले स्पष्ट पारे । ‘आवश्यक निर्देशिकामात्रै होइन, मतगणनाको लागि जनशक्ति तयारी अवस्थामा छ, भूगोल र स्थान हेरेर उपर्युक्त ठाउँमा गणना गरिने जानकारी गराईन्छ’, उनले थपे ।

प्रत्यक्षतर्फको मत परिणाम एक हप्ताभित्रै आउने गरी आयोगले निर्देशन दिएको पनि उनले बताए । त्यस्तै मतगणनामा कुनै अप्रिय घटना नहोस् भनेर निर्वाचन अधिकृतलाई सीसीटीभी राख्नको लागि पनि निर्देशन दिइएको उनको भनाइ थियो । ‘मतगणना छिटोछरितो गर्नुपर्छ, यहीअनुसार हामीले केन्द्रबाट निर्देशन जारी गरिसकेका छौं’, यादवले भने ।

मौन अवधि सुरु भएकोले यो अवधिमा सबै सरोकारवालाहरुले विशेष ध्यान दिनुपर्ने उनको आग्रह थियो । उनले थपे, ‘मौन अवधि सुरु भइसकेको छ, उम्मेदवारदेखि लिएर अरु सबैले पालना गर्नुपर्छ, सञ्चारमाध्यमले पनि पालना गर्नुपर्छ ।’


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया