Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतीन कम्पनीको डेढ अर्बबराबरको हकप्रद सेयर बजारमा

तीन कम्पनीको डेढ अर्बबराबरको हकप्रद सेयर बजारमा


सुरेश राउत
काठमाडौं, असार १६
तीनवटा बीमा कम्पनीहरुको एक अर्ब ६३ करोड ९९ लाख रुपैयाँबराबरको हकप्रद सेयर बिक्री प्रक्रियामा रहेका छन् । यसअघि बिक्री आह्वान गरिसके पनि विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड १९) का महामारी रोकथाम तथा नियन्त्रणको लागि सरकारले चैत ११ गतेदेखि नै देशव्यापी लकडाउनको घोषणा गरेपछि कम्पनीहरुको हकप्रद सेयरको बिक्री कार्य अवरुद्ध भएको थियो । तर हाल भने सरकारले लकडाउनलाई विगतको तुुलनामा केही खुकुलो बनाएपछि कम्पनीहरुले यसअघि स्थगित भएको हकप्रद सेयरको बिक्री कार्य पुुनः सुरु गरेको हो ।

एनएलजी इन्स्योरेन्स कम्पनी, शिखर इन्स्योरेन्स कम्पनी र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी समेतको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको एक करोड ६३ लाख ९९ हजार पाँच सय ६९ दशमलव पाँच कित्ता हकप्रद सेयर बिक्री प्रक्रियामा रहेका छन् । सोमध्ये एनएलजी इन्स्योरेन्स कम्पनीले ३८ करोड ४२ लाख ४३ हजार सात सय ५० रुपैयाँबराबरको हकप्रद सेयरको बिक्री खुल्ला गरेको छ । कम्पनीले असार ९ गते प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी हाल कायम रहेको चुक्ता पुँजीबाट १० बराबर छ को अनुपातमा एक सय रुपैयाँ अंंकित मूल्य कायम रहने गरी ३८ लाख ४२ हजार चार सय ३७ दशमलव ५० कित्ता हकप्रद सेयरको बिक्री खुल्ला गरेको हो ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल रहेको कम्पनीको सेयर बिक्री कार्य यही असार २५ गतेसम्म कायम रहनेछ । कम्पनीले यसअघि फागुुन २२ गतेबाट हकप्रद सेयरको बिक्री खुल्ला गरेको थियो । कम्पनीको हाल चुक्ता पुँजी ६४ करोड चार लाख छ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयरको बिक्रीपश्चात् भने कम्पनीको चुक्ता पुँजी एक अर्ब दुुई करोड ४६ लाख ५० हजार रुपैयाँ पुुग्नेछ । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १५ करोड ७३ लाख ७४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो मुनाफा १५ करोड ३४ लाख २९ हजार रुपैयाँ रहेको थियो ।

यसैगरी गुराँस लघुुवित्त वित्तीय संस्थाले ९३ करोड ८५ लाख २० हजार रुपैयाँबराबरको हकप्रद सेयरको बिक्री खुल्ला गरेको छ । कम्पनीले यही असार १४ गते अर्थात् आइतबारबाट हाल कायम रहेको चुक्ता पुँजीबाट एक बराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ९३ लाख ८५ हजार दुुई सय रुपैयाँबराबरको हकप्रद सेयरको बिक्री प्रक्रिया सुरु गरेको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको कम्पनीको हकप्रद सेयरको बिक्री कार्य साउन १४ गतेसम्म कायम रहनेछ । कम्पनीले यसअघि चैत २० गतेबाट हकप्रद सेयरको बिक्री खुल्ला गर्ने घोषणा गरेको थियो । कम्पनीको हाल चुक्ता पुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको छ । हकप्रद सेयरको बिक्रीपश्चात् भने कम्पनीको चुक्ता पुँजी एक अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँ पुग्नेछ । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा आठ करोड ३७ लाख ६० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा पाँच करोड ६५ लाख ८९ हजार रुपैयाँ रहेको थियो ।

शिखर इन्स्योरेन्स कम्पनीले यसअघि स्थगित भएको हकप्रद सेयरको बिक्री खुल्ला गरेको छ । कम्पनीले असार १४ गते अर्थात् आइतबारदेखि ३१ करोड ७१ लाख ९३ हजार दुुई सय रुपैयाँबराबरको हकप्रद सेयरको बिक्री खुल्ला गरेको हो । कम्पनीका अनुसार बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलमार्फत हाल कायम रहेको चुक्ता पुँजीबाट एक बराबर शून्य तीनको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ३१ लाख ७१ हजार नौ सय ३२ कित्ता हकप्रद सेयरको बिक्री खुल्ला गर्न लागिएको हो । हकप्रद सेयरको बिक्री कार्य साउन ४ गतेसम्म कायम रहनेछ ।

यसअघि कम्पनीले चैत १३ गतेबाट हकप्रद सेयरको बिक्री खुल्ला गर्ने तयारी गरेको थियो । हाल चुक्ता पुँजी एक अर्ब पाँच करोड ७३ लाख १० हजार रुपैयाँ रहेको कम्पनीको हकप्रद सेयरको बिक्रीपश्चात् भने कम्पनीको चुक्ता पुँजी एक अर्ब ३६ करोड रुपैयाँको हाराहारीमा पुग्नेछ । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ५२ करोड ६१ लाख सात हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा ४८ करोड ६१ लाख ९९ हजार रुपैयाँ रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया