Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिर्मला हत्या प्रकरण : प्रमाण नष्टका आरोपित एसपी विष्टसहित ८ प्रहरीलाई सफाइ

निर्मला हत्या प्रकरण : प्रमाण नष्टका आरोपित एसपी विष्टसहित ८ प्रहरीलाई सफाइ


कञ्चनपुर, साउन १६
निर्मला पन्तको हत्या प्रकरणमा हत्याराको प्रमाण नष्ट गरेको र यातना दिएको मुद्दा खेपिरहेका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टसहित आठ जना प्रहरीलाई बिहीबार अदालत कञ्चनपुरले सफाइ दिएको छ । कञ्चनपुरमा दुई वर्षअगाडि २०७५ साउन १० गते भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षिय निर्मला पन्तको बलात्कार गरेर हत्या गरिएको थियो ।

उक्त घटनको प्रमाण नष्ट गरेको भन्दै पीडित निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले तत्कालीन प्रहरी प्रमुख दिल्लीराज विष्टसहित आठ जनाविरुद्धमा अदालतमा मुद्दा दर्ता गरेकी थिइन् । तत्कालीन कञ्चनपुर प्रहरीका एसपी दिल्लीराज विष्ट, डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदविरुद्ध पक्राउ प्रमाण नष्ट गरेको र निर्दोषलाई पक्राउ गरी यातना दिएको भन्दै मुद्दा लागेको थियो । सोही मुद्दामा उनीहरू सबैले सफाइ पाएको जिल्ला अदालत कञ्चनपुरका श्रेष्तेदार यदुराज शर्माले जानकारी दिएका छन् ।

यसअघि तत्कालीन एसपी डिल्लीराज विष्ट साढे १० लाख, डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खड्का ९/९ लाख, प्रहरी निरीक्षक जगदीश भट्टलाई चार लाख, सई हरिसिंह धामीलाई तीन लाख ५० हजार, अर्का सई रामसिंह धामी तीन लाख र प्रहरी जवान चाँदनी साउद दुई लाख ५० हजार धरौटीमा रिहा भएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया