Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपेट्रोल र डिजेलको मूल्य बढ्यो

पेट्रोल र डिजेलको मूल्य बढ्यो


काठमाडौं, साउन १८
अन्तर्राष्ट्रिय कारण देखाउँदै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले शनिबार राति १२ बजेदेखि पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ ५० पैसाको दरले मूल्यवृद्धि गरेको हो । निगमका अनुसार पछिल्लोपटक इण्डियन आयल कर्पोरेसनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही बढेर आएकाले मूल्यमा केही वृद्धि गरिएको हो । यसअघि पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ रहेकामा अब भने १०४ पुगेको छ । यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ ५० पैसा रहेकामा अब बढेर ९० पुगेको छ । निगमले हवाइ इन्धन र खाना पकाउने ग्यासमा भने मूल्य वृद्धि गरेको छैन ।

निगमले हालको मूल्य समायोजनपछि पनि भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको सहर वीरगञ्जमा पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ आठ पैसा र डिजलमा प्रतिलिटर ३६ रुपैयाँ ६९ पैसा नेपालतर्फ सस्तो रहेको छ । नेपालतर्फ पेट्रोलियम पदार्थ सस्तो हुँदा अनधिकृत रूपमा भारततर्फ तस्करी समेत हुने गरेको छ । निगमले यसअघि भने जुलाई १६ मा इण्डियन आयल कर्पोरेसनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने भए पनि गरेको थिएन । त्यतिबेला मूल्य समायोजन गरेको भए पनि मूल्य वृद्धि हुने थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया