Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभारतद्वारा नेपाली सेनालाई १० आईसीयू भेन्टिलेटर प्रदान

भारतद्वारा नेपाली सेनालाई १० आईसीयू भेन्टिलेटर प्रदान


काठमाडौं, साउन २६
भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ को महामारीविरुद्ध लड्न दश ‘आईसीयू भेन्टिलेटर’ उपहारस्वरुप प्रदान गरेको छ । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले ती भेन्टिलेटर प्रधानसेनापति पूर्णचन्द्र थापालाई जङ्गी अड्डामा आइतबार आयोजित कार्यक्रममा हस्तान्तरण गरेका हुन् । मानवीय सहायता तथा राहतका लागि लामो समयदेखि भारतीय सेनाले नेपाली सेनालाई सहयोग गर्दै आएको छ ।

दुई देशका सेनाबीच रहिआएको निरन्तर मानवीय सहयोगअन्तर्गत भेन्टिलेटरहरू उपहारस्वरुप प्रदान गरिएको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ । हस्तान्तरणका क्रममा राजदूत क्वात्राले कोभिड–१९ विरुद्धको लडाइँमा विजय प्राप्तिका लागि नेपालका जनतालाई सबै आवश्यक सहयोग पु-याउन भारत प्रतिबद्ध रहेको बताए । प्रधानसेनापति थापाले स्वास्थ्य उपकरण प्रदान गरेकामा भारतीय सेनाप्रति आभार व्यक्त गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया