Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदोलखाका पहिरोपीडितलाई ६० लाख

दोलखाका पहिरोपीडितलाई ६० लाख


दोलखा, साउन २७
वाग्मती प्रदेश सरकारले दोलखाका बाढी–पहिरो प्रभावित स्थानीय तहलाई ६० लाख रकम उपलब्ध गराउने भएको छ । वाग्मती प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको आइतबारको निर्णयअनुसार सो रकम उपलब्ध गराइने भएको हो । बैठकले बाढी–पहिरो प्रभावित दोलखाका तीन स्थानीय तहलाई तत्काल उक्त रकम राहतका लागि उपलब्ध गराउने निर्णय गरेको दोलखा प्रदेश क्षेत्र(क) का प्रदेशसभा सदस्य विशाल खड्काले बताए ।

प्रदेश सरकारले उपलब्ध गराउने रकमबाट बाढी–पहिरोपीडितलाई थोरै भए पनि राहत पुग्ने उनको भनाइ छ । समितिको निर्णयअनुसार गौरीशंकर गाउँपालिकालाई ३० लाख रूपैयाँ उपलब्ध गराइने तथा कालिञ्चोक गाउँपालिका र विगु गाउँपालिकालाई १५/१५ लाख उपलब्ध गराइने जानकारी खड्काले दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया