Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयर बजार १७ दशमलव ७७ अंकले उकालो लाग्यो

सेयर बजार १७ दशमलव ७७ अंकले उकालो लाग्यो


काठमाडौं, पुस ८
सेयर बजार परिसूचक उकालो लागेको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक १७ दशमलव ७७ अंकले उकालो लागेर ११ सय ६८ दशमलव ५८ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन दुुई दशमलव ९४ अंकले उकालो लागेर दुुई सय ५४ दशमलव ४३ अंकमा चढेको छ । यसदिन कुुल एक सय ७७ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसनुुसार आठ हजार ९३ वटा कारोबारमा १७ लाख ५४ हजार तीन सय ६३ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम ५९ करोड ५७ लाख ६४ हजार पाँच सय ४४ रूपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार सामूहिक लगानी कोष समूहको सूचक शून्य दशमलव शून्य नौ अंकले ओरालो लागेर नौ सय २८ अंकमा झरे पनि बाँकी समूहको सूचक उकालो लागेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक तीन दशमलव ३२ अंकले उकालो लागेर एक हजार ४१ दशमलव ७० अंकमा चढेकोमा विकास बैंक समूहको सूचक पनि १६ दशमलव ४४ अंकले उकालो लागेर १५ सय ९३ दशमलव ७४ अंकमा चढेको छ । जलविद्युुत् समूहको सूचक पनि सात दशमलव ७६ अंकले उकालो लागेर नौ सय ४६ दशमलव २७ अंकमा चढेकोमा फाइनान्स समूहको सूचक पनि पनि ११ दशमलव ५४ अंकले उकालो लागेर पाँच सय ७८ दशमलव ३२ अंकमा चढेकोे छ ।

यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि एक सय ५८ दशमलव आठ अंकले उकालो लागेर चार हजार पाँच सय ९८ दशमलव ५४ अंकमाा चढेकोमा जीवन बीमा समूहको सूचक पनि एक सय ७० दशमलव ८८ अंकले उकालो लागेर पाँच हजार छ सय १५ दशमलव ४२ अंकमा चढेको छ । यीबाहेक ट्रेडिङ, होटल, उत्पादनमूलक, अन्य र लघुुवित्त समूहको सूचक पनि क्रमशः १५ दशमलव ५७, ४६ दशमलव ९९, एक सय १३ दशमलव ८९, ३१ दशमलव ६४ र ३० दशमलव ७४ अंकले उकालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नागरिक लगानी कोषको सेयर मूल्य १० रूपैयाँले बढेर १९ सय ६९ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट कम्पनीको सेयर मूल्य नौ रूपैयाँ ९२ पैसाले बढेर एक सय ४४ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था, शिवम सिमेन्ट आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको पाँचथर पावर कम्पनीको सेयर मूल्य सात रूपैयाँ एक पैसाले घटेर एक सय छ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको दिव्येश्वरी हाइड्रोपावर कम्पनीको सेयर मूल्य तीन रूपैयाँ सात पैसाले घटेर ५२ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक खानी खोला हाइड्रो पावर कम्पनी, एनआईबीएला समृद्धि फण्ड १ आदिको सेयर मूल्य पनि ओरालो लागेका छन् ।

यसदिन बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा शिवम सिमेन्ट पहिलो स्थानमा परेको छ । कम्पनीको प्रतिकित्ता चार सय ५७ रूपैयाँ अन्तिम मूल्यमा पाँच करोड ८५ लाख ६० हजार एक सय ५२ रूपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नबिल बैंकको सात सय ५० रूपैयाँ अन्तिम मूल्यमा चार करोड ९९ लाख ६८ हजार पाँच सय २४ रूपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेपाल बैंक, एनसीसी बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।

 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया