सुरेश राउत
काठमाडौं, पुस ११
बैंकिङ क्षेत्रमा निक्षेप खाताको संख्या बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो चार महिनामा लघुुवित्त वित्तीय संस्थाबाहेकका बैंक तथा वित्तीय संस्थाहरुमा सञ्चालनमा रहेको कुुल खाता संख्या दुुई करोड ९२ लाख ६९ हजार छ सय ३१ पुुगेको छ । खोलौं बैंक खाता अभियानमार्फत राष्ट्र बैंकले सबै नेपाली नागरिकको बैंक खाता खोल्ने अभियान सुरु गरेसँगै बैंैकिङ क्षेत्रमा निक्षेप खाताको संख्या बढेको हो ।
गत आवको सोही अवधिमा भने बैंकिङ क्षेत्रमा कुुल दुुई करोड ४३ लाख ५१ हजार चार सय ८५ वटा निक्षेप खाता सञ्चालनमा रहेका थिए । राष्ट्र बैंकका अनुसार ती खातामार्फत वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले २९ खर्ब ५२ अर्ब ५२ करोड ८२ लाख ५० हजार रुपैयाँ निक्षेप संकलन गरेका थिए । चालू आवको पछिल्लो चार महिनामा भने निक्षेप खाताको संख्या बढेसँगै संकलित निक्षेप रकम पनि बढेर ३४ खर्ब ४४ अर्ब ८३ करोड ६० लाख रुपैयाँ पुगेको छ ।
सोमध्ये र सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकहरुमा मात्र अहिले दुुई करोड ४२ लाख ६५ हजार दुई सय आठवटा निक्षेप खाता सञ्चालनमा रहेका छन् । ती खातामार्फत वाणिज्य बैंकहरुले २९ खर्ब ७४ अर्ब ३४ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । गत आवको सोही अवधिमा भने वाणिज्य बैंकहरुले एक करोड ९८ लाख ७९ हजार आठ सय ६५ वटा निक्षेप खातामार्फत २५ खर्ब ६६ अर्ब ९७ कारेड ८८ लाख ६० हजार रुपैयाँ निक्षेप संकलन गरेका थिए ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो चार महिनामा क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २५ वटा विकास बैंकहरु सञ्चालनमा रहेका छन् । यस अवधिमा यी बैंकहरुले ४४ लाख २६ हजार नौ सय २६ वटा निक्षेप खातामार्फत ती खर्ब ९० अर्ब ४९ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । गत आवको सोही अवधिमा भने विकास बैंकहरुले ३९ लाख ३० हजार आठ सय ८८ वटा निक्षेप खातामार्फत तीन खर्ब १९ अर्ब ५५ करोड १४ लाख १० हजार रुपैयाँ निक्षेप संकलन गरेका थिए ।
सञ्चालनमा रहेका २२ वटा फाइनान्स कम्पनीहरुले भने चालू आवको पछिल्लो चार महिनामा पाँच लाख ७७ हजार चार सय ९७ वटा निक्षेप खातामार्फत ७९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरुले पाँच लाख ४० हजार सात सय ३२ वटा निक्षेप खातामार्फत ६५ अर्ब ९९ करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन गरेका थिए ।
बैकिङ क्षेत्रको कुुल निक्षेप खाता र कुुल निक्षेप रकम (खाता संख्या, रकम १० लाखमा)
विवरण २०७६ कात्तिक मसान्त २०७५ कात्तिक मसान्त
कुल निक्षेप खाता २९२६९६३१ २४३५१४८५
कुल निक्षेप रकम ३४४४८३६ २९५२५२८.२५
चालू आवको चार महिनाको निक्षेप खाता तथा निक्षेप रकम (खाता संख्यामा, रकम दश लाखमा)
विवरण वाणिज्य बैंक विकास बैंक फाइनान्स कुुल
निक्षेप खाता २४२६५२०८ ४४२६९२६ ५६६४९७ २९२६९६३१
निक्षेप रकम २९७४३४३ ३९०४९२ ७९००१ ३४४४८३६
क्याटेगोरी : समाचार
ताजा अपडेट
- कोशीमा बजेट विधेयक पारित
- कुटपिटबाट २६ वर्षीय युवाको मृत्यु, घटनामा संलग्न सात जना पक्राउ
- राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
- इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
- हजार र पाँच सयका नक्कली नोटसहित एक युवा पक्राउ
- तीन महिने अभियानलाई जसपाले निरन्तरता दिने
- मङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै
- ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
तपाईको प्रतिक्रिया