Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘सामाजिक उद्यमशीलता कोष’ स्थापना

‘सामाजिक उद्यमशीलता कोष’ स्थापना


काठमाडौं ।
समाज कल्याण परिषद्ले ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गरेको छ । सामाजिक क्षेत्रको कामलाई अझै प्रभावकारी बनाई सामाजिक उद्यमशीलताको माध्यामबाट मुलुकको समृद्धिमा योगदान पु-याउने उद्देश्यका साथ ‘समाज कल्याण ऐन २०४९ को दफा ९ (ङ) तथा ऐ. दफा २६ को अधिकार’ प्रयोग गरी कोषको स्थापना गरिएको समाज कल्याण परिषद्ले जनाएको छ ।

कोषको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सोमबार पुल्चोकस्थित समाज कल्याण परिषद्को कार्यालयमा आयोजित एक कार्यक्रमका बीच स्थापना गरिएको औपचारिक घोषणा गरे । परिषद्का अध्यक्ष समेत रहेका मन्त्री गुरुङले सामाजिक क्षेत्रको भूमिकालाई अझै प्रभावकारी बनाउन तथा संघ, संस्थामाथि हुने नकारात्मक सोच हटाउन सामाजिक उद्यमशीलता कोषले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

उनले सामाजिक उद्यमशीलताको अभियानलाई सामाजिक अभियानकै रूपमा गाउँ–गाउँसम्म पु-याउनुपर्ने आवश्यक्ता रहेको बताए । मन्त्री गुरुङले भने, ‘समाज रूपान्तरणका लागि पनि सामाजिक उद्यमशीलतालाई अघि बढाउनुको विकल्प छैन ।’ उनले सामाजिक उद्यमशीलताको अभियानलाई विश्व विद्यालयहरूले पनि शैक्षिक कार्यक्रम नै राखेर अघि बढाउनुपर्ने बताए । परिषद्का उपाध्यक्ष डा. पदमप्रसाद खतिवडाले संघ, संस्थालाई आत्मनिर्भर बनाउन पनि सामाजिक उद्यमशीलता कोषको जरुरी रहेको बताए ।

परिषद्ले बोर्ड सदस्य सुशील ज्ञवालीलाई कोषको संयोजक तोकेको छ भने कमलप्रसाद निरौला, डा. रोजी जोशी, अर्जुन भट्टराई, शान्ता न्यौपाने, नरबहादुर रोकाया, डा. सुनिल चित्रकार, प्रकृति मैनाली र जितेन्द्र पासवानलाई सदस्यको जिम्मेवारी दिएको छ । कार्यक्रममा मन्त्री गुरुङले कोषका नवनियुक्त संयोजक ज्ञवाली तथा सदस्यहरूलाई जिम्मेवारी तोकिएको पत्र दिएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया