शंकर लुईटेल
विराटनगर, पुस १७
सरकारले दिएको लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकेको विराटनगर भन्सारको आलोचना भइरहेका बेला पछिल्लो समय कर्मचारी मनोमानीले कारोबारी व्यवसायीहरू त्रसित हुन थालेका छन् । विराटनगर भन्सार नाका भएर आयात हुँदै आएका तेस्रो मुलुक तथा भारतीय बजारबाट नेपाल भित्रिने मालसामानमा भन्सारमा रहेको मूल्याङ्कनले जथाभावि भन्सार मूल्याङ्कन गरिदिने गरेका कारण व्यवसायीहरूले भन्सार नाका नै परिवर्तन गर्न थालेको बताएका छन् ।
भन्सार मूल्याङ्कनकै विषयमा भन्सार कर्मचारी र व्यवसायीबीच केही दिनअगाडि भन्सार परिसरमा भएको भन्सार मूल्याङ्कनको कारण विराटनगर भन्सार नाका प्रयोग गर्दै तेस्रो मुलुक र भारतीय बजारबाट ट्रेडिङमार्फत नेपालमा चकलेटलगायतका अन्य वस्तु आयात गर्ने व्यवसायीहरूले वीरगञ्ज भन्सारबाट कारोबार सुरु गर्न थालेका छन् । विराटनगर भन्सारको भन्सार मूल्याङ्कन हेर्ने जिम्मेवारी पाएका भन्सार अधिकृत मणिराम पौड्यालले भन्सार मूल्याङ्कनकै अर्का कर्मचारी सन्तोष माझीमार्फत व्यवसायी र माझीबीच सहमति भएपछि मात्र भन्सार मूल्याङ्कन हुने अवस्था रहेको समाचारस्रोतले बताएको छ ।
भन्सार अधिकृत पौड्यालकै निर्देशनमा भारत तथा तेस्रो मुलुकबाट आयात भएका मालवस्तुको खाद्य परीक्षण र अन्य आयातित वस्तुको नमुना समेत भन्सारमा राख्ने निर्देशन भएको छ भन्दै सोही फाँटका माझीले आवश्यकताभन्दा ठूलो परिमाणमा मालसामान झिक्ने गरेका छन् । भन्सार मूल्याङ्कनको विषयलाई लिएर भन्सार अधिकृत पौड्यालले तिनै कर्मचारी सन्तोष माझीमार्फत माथिसम्म मिलाउनु पर्छ भन्दै व्यापक आर्थिक संकलन गरिरहेको पाइएको छ ।
विराटनगर भन्सारमा पटक–पटक विवादमा तानिदै आएका भन्सार अधिकृत पौड्याल विगतमा विराटनगर भन्सारको प्रवक्तामा रहेका समय कुनै चलखेलसम्म गर्न नसकेपछि पछिल्लो समय कार्यालय प्रमुखमा शिव भण्डारी आउनासाथ भन्सारको मूल्याङ्कन फाँटमा पुगेर व्यवसायीलाई धेरै नै दुःख दिन थालेका छन् । विराटनगर भन्सारको भन्सार मूल्याङ्कनमा भएको आर्थिक चलखेलका विषयमा प्रमुख भन्सार अधिकृत शिव भण्डारीसँग वास्तविकता बुझ्न कार्यालयमा सम्पर्क राख्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया