Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्रियसभा निर्वाचनको मतदाता दुई हजार ५६ जना

राष्ट्रियसभा निर्वाचनको मतदाता दुई हजार ५६ जना


काठमाडौं, पुस १८
राष्ट्रियसभा निर्वाचनको लागि मतदाता नामावली सार्वजनिक गरिएको छ । निर्वाचन आयोगका अनुसार देशभर दुई हजार ५६ जना मतदाता रहेका छन् । राष्ट्रियसभाको निर्वाचन आउँदो माघ ९ गते हुँदै छ । आयोगका अनुसार सात वटा प्रदेशका पाँच सय ५० जना प्रदेश सांसद र स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख एक हजार पाँच सय छ जनासहित दुई हजार ५६ जना मतदाता रहेका छन् ।

ती मतदाताले आ–आफ्नो प्रदेशमा तोकिएको निर्वाचन कार्यालयमा गएर मात्र मतदान गर्न पाउने छन् । निर्वाचन आयोगले प्रदेश नं. १ को लागि मोरङ, प्रदेश नं. २ को लागि धनुषा, प्रदेश नं. ३ को लागि ललितपुर, गण्डकी प्रदेशको लागि कास्की, प्रदेश नं. ५ को लागि दाङ, कर्णाली प्रदेशको लागि सुर्खेत र सुदूरपश्चिम प्रदेशको लागि डोटीमा निर्वाचन हुने स्थान तोकेको छ । ती सबै प्रदेशका निर्वाचन कार्यालयले बिहीबार मतदाता नामावली सार्वजनिक गरेका हुन् । नामावलीमाथि बिहीबार नै दाबी विरोध सकिएको छ । शुक्रबार बिहान अन्तिम नामावली प्रकाशित गरिने निर्वाचन आयोगले जनाएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया