पर्यटन प्रवद्र्धनका लागि बैंकक–लुम्बिनी सिधा हवाइ सम्पर्कमा जोड

काठमाडौँ ।
नेपाल चेम्बर अफ कमर्सले नेपाल र थाइल्याण्डबीच पर्यटन क्षेत्रको विकास र विस्तारका लागि सहकार्यको आवश्यकतामा जोड दिएको छ । थाइल्याण्डको बैंकक र निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबीच सिधा उडान गरी पर्यटन र सांस्कृतिक विकासमा दुई मुलुक सँगै अगाडि बढ्नुपर्ने चेम्बरले बताएको छ ।
नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासफको सम्मानमा नेपाल चेम्बर अफ कमर्सले चेम्बर भवन कान्तिपथमा आयोजना गरेको स्वागत कार्यक्रममा अध्यक्ष राजेशकाजी श्रेष्ठले सिधा हवाइ उडानमा जोड दिए । श्रेष्ठले नवनियुतm राजदूतको कार्यकालको सफलताको कामना गर्दै नेपाल थाइल्याण्डबीच विद्यमान व्यापार, लगानी तथा पर्यटन प्रवद्र्धनको सभावनालाई उपयोग गर्न र बुद्धिस्ट सर्किट प्रवद्र्धनका लागि बैंकक–लुम्बिनीबीच सिधा हवाइ सम्पर्कका लागि पहल गरिनुपर्ने बताए ।
अध्यक्ष श्रेष्ठले नेपालमा वैदेशिक लगानीको वातावरण बनेकाले ठूला पूर्वाधार निर्माणका ग्लोबल टेण्डरमा थाइ निर्माण कम्पनीहरूलाई सहभागी गराउन समेत आग्रह गरे । नेपालको पर्यटन, कृषि, तथा जडीबुटी उद्योगलगायतका क्षेत्रमा लगानीका लागि उपयुक्त हुनसक्ने उनको भनाइ थियो । थाइल्याण्ड बुद्धमार्गीहरूको मुलुक भएको उल्लेख गर्दै नेपाल र थाइल्याण्डबीच बुद्धिस्ट सर्किटको माध्यमबाट नेपालमा थाइ पर्यटक आगमनको लागि थाइ पर्यटन बोर्डले उल्लेखनीय भूमिका निर्वाह गर्नसक्ने भएकाले यसको लागि पहल गरिदिन पनि उनले आग्रह गरे । पूर्वी एसियाको उदीयमान अर्थतन्त्रको रूपमा थाइल्याण्डले आर्थिक विकास तीव्ररूपमा गरिरहेकोमा अध्यक्ष श्रेष्ठले प्रसंशा समेत गरे ।
थाइल्याण्डले नेपालको कृषि पर्यटन र व्यापारलाई आधुनिकीकरणमा उल्लेखनीय योगदान दिनसक्ने उनको भनाइ छ । कार्यक्रममा उपस्थित चेम्बरका पदाधिकारीहले नेपाली व्यवसायीहरूलाई भिसा प्रक्रियामा सरलीकरण तथा थाइल्याण्डबाट नेपालमा उच्च प्रविधियुक्त स्वास्थ्य क्षेत्रमा लगानीको लागि आग्रह गरेका थिए ।
थाइल्याण्डका राजदूत भोसिताले नेपाली व्यवसायी संस्थाहरूसँग सहकार्य गरी दुवै देशको आर्थिक सम्बन्ध विस्तारका लागि पहल गर्ने बताए । कोभिड महामारी समाप्तिपश्चात् दुवै मुलुकका व्यापारिक प्रतिनिधिमण्डलहरूको पारस्पारिक व्यावसायिक भ्रमण हुनेमा आशावादी रहेको बताउँँदै उनले पर्यटन क्षेत्र विस्तारका लागि बुद्धिस्ट सर्किटको अवधारणा तथा थाइल्याण्ड र लुम्बिनीबीचको सिधा हवाइ सम्पर्कलाई सकारात्मकरूपमा लिएकोे बताए । नेपाल र थाइल्याण्ड बिम्स्टेकको सदस्य राष्ट्र भएको दुई मुलुकबीच आर्थिक सम्बन्ध विस्तारका लागि प्रशस्त सम्भावना रहेको उनको भनाइ थियो । कार्यक्रममा नेपाल चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल उपाध्यक्षद्वय कमलेशकुमार अग्रवाल, दिपककुमार मलहोत्रा एवं कार्य समितिका सदस्यहरूको पनि सहभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीचको आर्थिक सम्झौता नवीकरण
- ज्योति विकास बैंकद्वारा सामरी स्वास्थ्य चौकीलाई बेबी वार्मर सहयोग
- नेपाल बैंकद्वारा फोन–पेको क्यूआर स्टेन्ड वितरण
- सिटिजन्स बैंकका ग्राहकहरूलाई सुप्रिम क्याफे एन्ड लाउन्जमा विशेष छुट
- सिद्धार्थ बैंकको कर्मचारी सहभागिता कार्यक्रमको नतिजा सार्वजनिक
- टेम्पोमा मेगा बैंकको क्यूआर कोड सुविधा
- रिम्याक अटोमोबिलीका मेट, जसले विद्युतीय हाइपर कार बनाउँछु भन्दा मानिसहरु हाँस्थे
- सडक निर्माणमा मोदी सरकारले कीर्तिमान बनायो
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- सरकारप्रति गम्भीर अविश्वास
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया