मन्त्रिपरिषद्को थप नियुक्ति नगर्न माग गर्दै रिट

काठमाडौं ।
सर्वोच्च अदालतमा मन्त्रिपरिषद्मा थप नियुक्ति, हेरफेर वा कार्यविभाजन नगर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । राष्ट्रपति कार्यालय शीतलनिवास र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मंगलबार रिट निवेदन दायर गरेका हुन् । यसअघि अधिवक्ता लोकेन्द्रबहादुर ओली, केशरजङ्ग केसी र निदेश लामिछानेले पनि सोही विषयमा सोमबार दायर गरेको रिट निवेदनमा सो माग गरिएको छ ।
रिट निवेदनमा मन्त्रिपरिषद्को हेरफेर र विस्तार गर्दा नेपालको संविधानको भावना विपरीत हुने गरी सरकारले यही पुस १९ गते निर्णय गरेको उल्लेख छ । कोभिड–१९ को महामारीको अवस्थामा स्वास्थ्यको मापदण्डको पूर्ण पालना गर्दै चुनाव प्रचारप्रसार तथा मतदानलगायत सम्पूर्ण चुनावी प्रक्रियाका सम्बन्धमा एउटा कार्ययोजना प्रस्तुत गर्न परमादेशको माग पनि गरिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- राजीनामा बाध्यता कि नैतिक मात्रै
- मल आपूर्ति तथा वितरकको जिम्मा साल्ट ट्रेडिङ्गलाई
- नौ वर्षपछि पक्राउ परे वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पौडेल
- सेयर बजार परिसुचक २५ सय १५ अंकमा
- पशुपतिनाथ मन्दिर परिसरमा बैंक अफ काठमाण्डूको डिजिटल दान पेटिका शुभारम्भ
- सेञ्चुरी बैंक र राष्ट्रिय व्यवसायी महासंघबीच सम्झौता
- कुमारी बैंक र काठमाडौँ इमेजिङबीच सम्झौता
- मुक्तिनाथ विकास बैंकको नारी विशेष अफर
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया