Techie IT
×
गृहपृष्ठbreaking२० करोड रुपैयाँको ट्रेजरी आज

२० करोड रुपैयाँको ट्रेजरी आज


काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज सोमबार २० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न २ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही पुस २८ गते पनि राष्ट्र बैंकले १४ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

जारी मिति माघ ६ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने यो ट्रेजरी ९१ दिने अवधिको रहेको छ । राष्ट्र बैंकका अनुसार यो ट्रेजरीको परिपक्व हुुने अवधि २०७८ वैशाख ७ गते तोकेको छ । राष्ट्र बैंकले यसअघि यही पुस २९ गते पनि ९१ दिने अवधिको आठ अर्ब र एक सय ८२ दिने अवधिको छ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।



तपाईको प्रतिक्रिया