Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकृषि विकास बैंक ह्याकिङ प्रकरणका फरार पक्राउ

कृषि विकास बैंक ह्याकिङ प्रकरणका फरार पक्राउ


काठमाडौं, पुस २१
कृषि विकास बैंक ह्याकिङ प्रकरणका फरार व्यक्ति दिपक नेपाल पक्राउ परेका छन् । कृषि विकास बैंकको क्रेडेन्सियल ह्याकिङ गरी रकम निकाली ठगी गरेको प्रकरणमा ह्याकिङ गरेको एक करोड रुपैयाँसहित फरार रहेका मोरङ रंगेली नगरपालिका २ का ४३ वर्षीय नेपाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

नाइजेरियन र भारतीय नागरिकहरुसँग लामो समयदेखि भारतको मुम्बई साथै नेपालमा बसी नेपालका बैंक तथा वित्तीय संस्थाहरूबाट पाँच अर्ब रुपैयाँ (५० मिलियन डलर) भन्दा बढी रकम ह्याक गरी लैजाने योजना बनाई विभिन्न नेपाली नागरिकहरूलाई प्रयोग गरी कृषि विकास बैंकको उक्त रकम निकाली फरार नेपाललाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका नेपाललाई आवश्यक कारबाहीको लागि काठमाडौं जिल्ला अदालत पठाइएको महाशाखाले जनाएको छ । यसैगरी प्रहरीले वीरगञ्ज महानगरपालिका ८ बसपार्कस्थित होटल साह प्याराडाइजबाट सोही महानगरपालिका १६ नगवा बस्ने २९ वर्षीय रियाज देवानलाई नक्कली भारतीय नोटसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनको साथबाट दुुई हजार दरका तीन थान नोट गरी छ हजार नक्कली भारतीय रुपैयाँसहित उनलाई नियन्त्रणमा लिएको हो ।

यसैबीच महानगरीय प्रहरी कार्यालय रानीपोखरीले आइतबार नै सुन र हिरासहित दुुई जना भारतीय नागरिक पक्राउ गरेको जानकारी दिएको छ । महाशाखाका अनुसार नेपाल एयरलायन्सको उडानद्वारा मलेसियाबाट नेपाल आएका तामिल नाडुुका मोहम्मद मेहदिन सताथ र भारतको केरला बस्ने कोताकुुथ किजाखुु पक्राउ परेका हुुन् । उनीहरुलाई त्रिभुुवन विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको हो । पक्राउ परेका भारतीय नागरिकको साथबाट दुुई सय २२ ग्राम हिरा र पाँच सय ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x