Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार७७ वटै जिल्लामा भूमि आयोग गठन, कुन जिल्लामा को–को चयन भए ?

७७ वटै जिल्लामा भूमि आयोग गठन, कुन जिल्लामा को–को चयन भए ?


काठमाडौं ।
सरकारले ७७ वटै जिल्लामा भूमिहीनहरुलाई जग्गा वितरण गर्न भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति गठन गरेको छ । भूमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश २०७६ को उपदफा (१) बमोजिम जिल्ला समिति गठन गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ । सबै ७७ वटै जिल्लामा गत बिहीबार अर्थात् माघ १५ गते जिल्ला समितिको अध्यक्ष, विज्ञ र सदस्य मनोनयन गरिएको सोमबार प्रकाशित राजपत्रमा उल्लेख गरिएको छ । सरकार निर्वाचनमा जाने घोषणा गरेर अगाडि बढेको बेला आयोगको जिल्ला समितिले पूर्णता पाएको हो ।

आयोगको जिल्ला समितिको कारण निर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पार्टीलाई सहयोग पुग्नेछ । सरकारले सबै सुकुम्बासीलाई कम्तीमा बस्ने व्यवस्थाको लागि जिल्ला समितिलाई पूर्णता दिएको हो । केन्द्रमा देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा आयोग क्रियाशील छ ।

जिल्ला समितिमा सबै नै नेकपाको प्रधानमन्त्री ओली समर्थकका नेता तथा कार्यकर्तालाई जिम्मा दिइएको छ । प्रधानमन्त्रीको गृहजिल्ला झापामा भूमि आयोगको अध्यक्षको जिम्मा प्रेमबहादुर गिरीलाई दिइएको छ । विज्ञमा राधाकृष्ण खनाल र सदस्यमा मदन प्रसाद अधिकारीलाई मनोनयन गरिएको छ । यस्तै, इलामको अध्यक्षमा ओमनारायण खनाल, विज्ञमा प्रकाश अधिकारी र सदस्यमा हेमन्त राई छन् ।

सुनसरीको अध्यक्षमा खेमराज पोखरेल, विज्ञमा सूर्य कुमार रार्य र सदस्यमा बद्रीनाथ घिमिरे, मोरङका अध्यक्षमा दिल प्रसाद राई, विज्ञमा नवीन पौडेल र सदस्यमा मोहन तुम्बापो, पाँचथरको अध्यक्षमा करुणा राई, विज्ञमा जय प्रकाश केरुङ र सदस्यमा देवी प्रसाद कोइराला छन् ।

यस्तै, ताप्लेजुङको अध्यक्षमा लक्ष्मी बहादुर याक्सो, विज्ञमा प्रकाश इवारम, सदस्यमा कमल प्रसाद गुरागाईँ, धनकुटाको अध्यक्षमा नैन बहादुर विश्वकर्मा, विज्ञमा सावित्रा राई र सदस्यमा दिपक बुढाथोकी, तेह्रथुमको अध्यक्षमा किशोरचन्द्र दुलाल, विज्ञमा रामचन्द्र थपलिया र सदस्यमा अर्धराज खुलाल, संखुवासभाको अध्यक्षमा वीरेन्द्र केसी, विज्ञमा बेद कुमारी रिमाल, सदस्यमा विपिन तामाङ, भोजपुरको अध्यक्षमा देवीराम चौलागाईँ, विज्ञमा ईश्वरमान राई, सदस्यमा केशव बहादुर राई, ओखलढुंगाको अध्यक्षमा शंकर बहादुर कटवाल, विज्ञमा विजय कुमार बस्नेत, सदस्यमा राम कुमार अछामी थापामगर, खोटाङको अध्यक्षमा हरि कुमार पोखरेल, विज्ञमा खेमराज राई र सदस्यमा दिलकुमारी राई रहेका छन् ।

सोलुखुम्बुको अध्यक्षमा रामकाजी श्रेष्ठ, विज्ञमा कुन्जाङ शेर्पा, सदस्यमा मोहन कुमार कार्की र उदयपुरको अध्यक्षमा गोपाल बहादुर खत्री, विज्ञमा दुर्गानन्द चौधरी र सदस्यमा कान्ता कुमारी राई रहेका छन् । यस्तै, प्रदेश २ को सप्तरीमा देव नारायण चौधरी, विज्ञमा जय प्रकाश ठाकुर र सदस्यमा जित कुमारी पौडेल रहेका छन् । सिरहाको अध्यक्ष गंगा प्रसाद यादव, विज्ञमा उदय कुमार साह र सदस्यमा सम्झना थपलिया, महोत्तरीको अध्यक्षमा राजेन्द्र साह तेली, विज्ञमा कृष्ण प्रसाद बराल र सदस्यमा चन्द्रलाल केपछाकी रहेका छन् ।

यस्तै, धनुषाको अध्यक्षमा रामचरित्र साह, विज्ञमा दुर्गाहरि ग्यावा तामाङ र सदस्यमा गीता कुमारी साह छन् । सर्लाहीको अध्यक्षमा राज कुमार राय यादव, विज्ञमा सुरेश कुमार साह र सदस्यमा सञ्जिता घिमिरे उप्रेती, रौतहटको अध्यक्षमा उद्धव प्रसाद रेग्मी, विज्ञमा राजेश कुमार साह र सदस्यमा विना देवी, बाराको अध्यक्षमा अम्बिका प्रसाद चौलागाईँ विज्ञमा उमेश प्रसाद साह र सदस्यमा चयन गुरुङ र पर्साको अध्क्ष्यक्षमा विना देवी शर्मा, विज्ञमा शिवजी प्रसाद कानु र सदस्यमा बिमल पौडेल छन् ।

यस्तै, वाग्मती प्रदेशको रसुवा अध्यक्षमा शुम्भु गुरुङ, विज्ञमा सुस्मा न्यौपाने र सस्यमा विष्णु प्रसाद पौडेल चयन भएका छन् । नुवाकोटको अध्यक्षमा वृन्दा ढुंगाना, विज्ञमा बलराम आचार्य र सदस्यमा नारायण घिमिरे रहेका छन् । धादिङको अध्यक्षमा रामहरि अधिकारी, विज्ञमा संजय दुवाडी, सदस्यमा गंगादेवी श्रेष्ठ, चितवनमा अध्यक्षमा यादव प्रसाद पाठक, विज्ञमा शान्तराज आचार्य र सदस्यमा महादेवी शर्मा, मकवानपुरको अध्यक्षमा रामेश्वर राना मगर, विज्ञमा तुलसी प्रसाद रिजाल र सदस्यमा प्रतिमा श्रेष्ठ छन् ।

सिन्धुलीमा अध्यक्षमा कुमार बहादुर कार्की, विज्ञमा नवराज थिङ्ग र सदस्यमा विष्णु कुमारी पाण्डे, रामेछापमा अध्यक्षमा तुल प्रसाद कँडेल, विज्ञमा गंगादेवी कार्की र सदस्यमा भोजराज कडेरिया छन् । यस्तै, दोलखाको अध्यक्षमा धर्मेन्द्र मोक्तान, विज्ञमा बद्री बहादुर बुढाथोकी, सिन्धुपाल्चोकको अध्यक्षमा बालकृष्ण देउजा, विज्ञमा भगवती अधिकारी र सदस्यमा शम्भु सापकोटा छन् ।

यस्तै, काभ्रेको अध्यक्षमा रामकृष्ण हुमगाईँ शर्मा, विज्ञमा जेन लामा र सदस्यमा अम्बिका ठकुरी, भक्तपुरको अध्यक्षमा मोहनवीर श्रेष्ठ, विज्ञमा अनिल कुमार श्रेष्ठ र सदस्यमा उत्तरा नेपाल, ललितपुरको अध्यक्षमा मधुसुधन पौडेल, विज्ञमा सरोज कुमार विष्ट र सदस्यमा चतुर ब्याञ्जनकारनी र काठमाडौंका अध्यक्षमा राम शरण ढुंगाना, विज्ञमा मिना शर्मा र सदस्यमा सत्यनारायण डंगोल चयन भएका छन् ।

गण्डकी प्रदेशको मनाङको अध्यक्षमा मन बहादुर गुरुङ, विज्ञमा श्रीमती नन्दा गुरुङ र सदस्यमा ममता गुरुङ्ग छन् । स्याङ्जाको अध्यक्षमा उदय श्रेष्ठ, विज्ञमा तारा कुमार विश्वकर्मा र सदस्यमा भगवती शर्मा छन् । म्याग्दीको अध्यक्षमा खुम बहादुर बानियाँ, विज्ञमा दिवाकुमारी तिलिजा पुन र सदस्यमा पुष्कर विक छन् । मुस्ताङको अध्यक्षमा रमेश कुमार भट्टचन, विज्ञमा छेवाङ रिन्जिङ गुरुङ र सदस्यमा विशाल विक छन् ।

यस्तै, बागलुङको अध्यक्षमा कृष्ण प्रसाद पाठक, विज्ञमा रुद्र प्रसाद पौडेल र सदस्यमा दिवस खत्री छन् । गोरखाको अध्यक्षमा सुरेन्द्र बहादुर थापा, विज्ञमा विराज गुरुङ्ग र सदस्यमा कमल दानी क्षेत्री छन् । पर्वतको अध्यक्षमा देवेन्द्रराज पाण्डे, विज्ञमा विन्दु अधिकारी, र सदस्यमा जीवलाल बसेल, तनहुँको अध्यक्षमा दधिराज सुवेदी, विज्ञमा दीर्घबहादुर दरै र सदस्यमा शान्ति कुँवर, लमजुङको अध्यक्षमा मोहनहरी पौडेल, विज्ञमा सुभाष पौडेल र सदस्यमा लोक कुमारी अधिकारी छन् ।

नवलपरासी सुस्तापूर्वको अध्यक्षमा कृष्ण प्रसाद घिमिरे, विज्ञमा रामकृष्ण ढुंगाना र सदस्यमा जोगमाया महतो र कास्कीको अध्यक्षमा दामोदर पौडेल बैरागी, विज्ञमा सुशीला पौडेल पराजुली तथा सदस्यमा दान बहादुर बाँनिया मनोनित भएका छन् । लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला समितिको अध्यक्षमा बल बहादुर आचार्य, विज्ञमा कृष्ण बहादुर कुँवर र सदस्यमा गंगा कार्की, कपिलवस्तुको अध्यक्षमा कृष्ण प्रसाद पौडेल, विज्ञमा अब्दुल माबुद खाँ, सदस्यमा कु. मञ्जु चौधरी, दाङको अध्यक्षमा शिव कुमार आचार्य, विज्ञमा रेमन्त चौधरी र सदस्यमा हेमराज पुन मगर चयन भएका छन् ।

यस्तै, बर्दियाको अध्यक्षमा भीम बहादुर केसी, विज्ञमा नुतन कुमार चौधरी र सदस्यमा भक्त बहादुर विश्वकर्मा, प्युठानको अध्यक्षमा मोहन बहादुर जिसी, विज्ञमा रामबहादुर केसी र सदस्यमा विष्णु बहादुर केसी चयन भएका छन् । गुल्मीको अध्यक्षमा टीकाराम ढकाल, विज्ञमा शान्ता पोखरेल र सदस्यमा कृष्ण घिमिरे चयन भएका छन् ।

अर्घाखाँचीको अध्यक्षमा कृष्ण बहादुर भुसाल, विज्ञमा तुल्सी राम मिश्र र सदस्यमा शिवकला विश्वकर्मा, पाल्पाको अध्यक्षमा एक प्रसाद भण्डारी, विज्ञमा भोजराज पोखरेल र सदस्यमा दुर्गादेवी राना, रोल्पाका अध्यक्षमा प्रेम बहादुर घर्ती मगर, विज्ञमा कृष्णी कुमारी गौतम, सदस्यमा लोकेन्द्र बहादुर घर्ती, रुकुम पूर्वका अध्यक्षमा सनमान पुन, विज्ञमा गोपाल रेउले, सदस्यमा केश कुमारी तुलाचन, बाँकेको अध्यक्षमा शान्तिदेवी ढकाल, विज्ञमा तेज कुमार धिताल र सदस्यमा गोपाल गिरी र नवलपरासी सुस्ता पश्चिमको अध्यक्षमा विमला अर्याल, विज्ञमा बद्री श्रेष्ठ र सदस्यमा कृष्ण प्रसाद पौडेल चयन भएका छन् ।

यस्तै, कर्णाली प्रदेशको मुगुको अध्यक्षमा सोनाम छिरिङ लामा, विज्ञमा डबल बहादुर रोकाया, सदस्यमा अशोकलाल बुमी, डोल्पाको अध्यक्षमा धनचन्द्र बैजी, विज्ञमा सन्तोष बहादुर शाही, सदस्यमा काली चलाउने, कालीकोटको अध्यक्षमा धीर बहादुर बम, विज्ञमा रमेश नेपाली र सदस्यमा राजेन्द्र बहादुर थापा, जाजरकोटको अध्यक्षमा नवराज सिंह, विज्ञमा विश्वविक्रम शाह र सदस्यमा राजेश्वरी सिंह चयन भएका छन् ।

यस्तै, सल्यानको अध्यक्षमा लोकबहादुर डाँगी, विज्ञमा कविराम चन्द, सदस्यमा कुन्ती बस्नेत, हुम्लाको अध्यक्षमा प्रकाश बहादुर सुनार, विज्ञमा बुधे भण्डारी, सदस्यमा याङजु रोकाया, जुम्लाको अध्यक्षमा धीरेन्द्र राज गिरी, विज्ञमा सुमन आचार्य र सदस्यमा हंस रोकाया, दैलेखको अध्यक्षमा सूर्य बहादुर शाही, विज्ञमा तेज बहादुर चन्द, सदस्यमा तप्त कुमारी खड्का थापा, रुकुम पश्चिमको अध्यक्षमा नारायण कुमार शाह, विज्ञमा तुलसा मल्ल, सदस्यमा मिश्रीलाल पुन र सुर्खेतको अध्यक्षमा ऐन बहादुर चन्द, विज्ञमा डम्बर बहादुर गरंजा मगर र सदस्यमा नन्दा गुरुङ्ग चयन भएका छन् ।

सुदूरपश्चिमको बाजुरा जिल्लाको अध्यक्षमा रामलाल कार्की, विज्ञमा प्रसाद पाध्याय, सदस्यमा कर्मकला रोकाया, कञ्चनपुरको अध्यक्षमा कुमारी कमला बोहरा, विज्ञमा किशोर कुमार लिम्बू, सदस्यमा रमेशदत्त भट्ट, कैलालीको अध्यक्षमा दिपक प्रसाद देवकोटा, विज्ञमा दुजराम चौधरी, सदस्यमा बहादुर महता, डडेल्धुराको अध्यक्षमा पदमराज जोशी, विज्ञमा अमर बहादुर पुन, सदस्यमा तारा कुमारी कार्की, अछामको अध्यक्षमा कटकबहादुर साउद, विज्ञमा भीम बहादुर जनाला, सदस्यमा प्रगति थापा रावल, दार्चुलाको अध्यक्षमा रामदत्त जोशी, विज्ञमा लक्ष्मी कुमारी लुहार, सदस्यमा खिमानन्द भट्ट, डोटीको अध्यक्षमा गणेश बहादुर विष्ट, विज्ञमा झलक बहादुर पाली, सदस्यमा देशरत्न देवी डाँगी, बझाङको अध्यक्षमा कलक बहादुर खड्का, विज्ञमा लोकेन्द्र बहादुर सिंह, सदस्यमा शारदा कुमारी विक र बैतडीको अध्यक्षमा नरेश कुमार विश्वकर्मा, विज्ञमा जगदीश सिंह नायक र सदस्यमा श्रीमती जानकी अवस्थी मनोनीत भएकी छिन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया