Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभाटभटेनीका सञ्चालक गुरुङ दुई करोड धरौटीमा रिहा

भाटभटेनीका सञ्चालक गुरुङ दुई करोड धरौटीमा रिहा


काठमाडौं ।
विशेष अदालत काठमाडौँले ललिता निवास जग्गा प्रकरण मुछिएका भाटभाटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई दुई करोड धरौटीमा रिहा गरेको छ । बालुवाटारस्थित ललिता निवासको सरकारी तथा सार्वजनिक जग्गा हिनामिना प्रकरणमा मुछिएका गुरुङलाई न्यायाधीसद्वय प्रेमराज कार्की र अब्दुल अजिज मुललमानको इजालसले धरौटीमा छाड्ने आदेश दिएको हो । गुरुङसँग अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १० वर्ष कैद सजाय र ५० करोडभन्दा बढी बिगो मागदाबी गरेको थियो ।

आयोगले २०७६ साल माघ २२ मा गुरुङसहित एक सय ७५ लाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । भ्रष्टाचार निवारण ऐन, २०५९ मा एक करोडभन्दा बढी भ्रष्टाचार गर्नेलाई आठदेखि दश वर्षसम्म कैद सजायको व्यवस्था छ । अख्तियारका अनुसार सरकारले ०२१ मंसिर १५ गते क्षतिपूर्ति र मुआब्जा दिएर खरिद गरेको दुई सय ८४ रोपनीमध्ये एक सय १२ रोपनी चार आना जग्गा मीनबहादुर गुरुङ, शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीले मालपोत कार्यालयका कर्मचारीलाई प्रभावमा पारेर व्यक्तिको नाममा पारेका थिए ।

ललिता निवासको गैरकानुनी तरिकाले व्यक्तिका नाममा पारिएका एक सय १२ मध्ये आधाभन्दा बढी जग्गा गुरुङले लिएका थिए । उनले व्यक्तिगत, संयुक्त, भाटभटेनी सुपरमार्केट र आफन्तका नाममा जग्गा खरिद गरेका थिए । कित्ता नम्बर ७४, १३७, ४१३ का जग्गाहरू गुरुङले आफ्नै नाममा राखेका थिए । उनले भाटभटेनी डेभलपर्स प्रालिका नाममा १० कित्ता जग्गा राखेको देखिन्छ । कित्ता नम्बर १०, १२, १४, १७, ५७, ५८, ७९, ८१, ८२ र २८६ को जग्गा अहिले पनि भाटभटेनीको नाममा छ । बाँकी जग्गा मीनबहादुरले आफ्ना छोरा कल्याणलगायतका आफन्तका नाममा राखिएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया