काठमाडौँ, पुस २४
सरकारले मुलुकमा पर्याप्त रोजगारी सिर्जना गर्न नसक्दा कामकै खोजीमा युवाहरु विदेश जान बाध्य छन् । देशमा पर्याप्त रोजगारी नहुँदा युवाहरु विदेश जान बाध्य छन् भने अर्कोतर्फ विदेश गएर आएका युवाहरु समेत पुनः कामका लागि भन्दै विदेश जान गरेका छन् । यसरी विदेश जानकै लागि नयाँ श्रम स्वीकृति लिने, पुनः श्रम स्वीकृति लिने र विदामा आएर श्रम स्वीकृति लिनेको संख्या बढ्दो क्रममा रहेको छ ।
यसरी श्रम स्वीकृति लिने युवाहरुको संख्या चालू आर्थिक वर्ष (२०७६/७७)को पहिलो पाँच महिनामा डेढ लाखभन्दा बढी रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालू आवको पहिलो पाँच महिनामा विदेश जाने भन्दै एक लाख ५० हजार ६ सय ५३ जना युवाले श्रम स्वीकृति लिएका छन् । विभागले नयाँ श्रम स्वीकृति लिएर जाने, व्यक्तिगत प्रयासमा आफैँ विदेश जाने, पहिले श्रम नलिई विदेश गएका र पछि श्रम लिएका, विदामा आएर गएका युवाहरु गरेर श्रम स्वीकृति लिने युवाहरुको संख्या डेढ लाखभन्दा बढी रहेको बताएको छ ।
चालू आवको पाँच महिनाको अवधिमा सबैभन्दा बढी मंसिर महिनामा युवाहरुले श्रम स्वीकृति लिएका छन् भने सबैभन्दा कम असोजमा कम श्रम स्वीकृति लिएका छन् । मंसिरमा ५६ हजार आठ सय १० जना र असोजमा १८ हजार सात सय ७१ जना युवाले श्रम स्वीकृति लिएका छन् । चालू आवको पहिलो महिना अर्थात् साउनमा मात्र १५ हजार ६४ जना पुरुष र दुई हजार तीन सय सात जना महिला गरी कुल १७ हजार तीन सय ७१ जना, भदौमा ३५ हजार पाँच सय ७६ जना पुरुष तथा तीन हजार एक सय २८ जना महिला गरी कुल ३८ हजार सात सय चार जना युवाहरुले श्रम स्वीकृति लिएका छन् ।
असोजमा १७ हजार छ सय सात जना पुरुष तथा एक हजार एक सय ६४ जना महिला गरी कुल १८ हजार सात सय ७१ जना, कात्तिकमा १७ हजार आठ सय ३० जना पुरुष र एक हजार एक सय ६७ जना महिला गरी कुल १८ हजार नौ सय ९७ जना र मंसिरमा ५३ हजार दुई सय १५ जना पुरुष र तीन हजार पाँच सय ९५ जना महिला गरी कुल ५६ हजार आठ सय १० जना युवाहरुले श्रम स्वीकृति लिएका छन् ।
मंसिर महिनामा मेनपावरमार्फत श्रम स्वीकृति लिने युवाहरुमा २२ हजार दुई सय ३८ जना पुरुष र एक हजार सात सय ९१ महिला गरी कुल २४ हजार २९ जना रहेका छन् भने आफ्नै पहलमा जानका लागि श्रम स्वीकृति लिनेमा एक हजार एक सय ७२ जना पुरुष र तीन सय १८ जना महिला गरी कुल एक हजार चार सय ९० जना युवाहरु रहेका छन् । यस्तै पहिला श्रम नलिई विदेश गएका र पछि श्रम लिनेको संख्या एक हजार एक सय ६८ जना पुरुष र एक सय आठ जना महिला गरी कुल एक हजार दुई सय ७६ जना तथा विदामा आएर गएका २८ हजार छ सय ३७ जना पुरुष र एक हजार तीन सय ७८ जना महिला गरी कुल ३० हजार १५ जना युवाहरुले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।
कोरियाका लागि २७ सय लिए श्रम स्वीकृति :- यस्तै विभागका अनुसार सोही समयमा कोरिया जाने युवाहरुको संख्या दुई हजार सात सय ७६ जना रहेको बताएको छ । जसमा पुरुषको संख्या दुई हजार पाँच सय ६० र महिला एक सय ७८ जना रहेको छ । साउनमा एक सय ६० जना पुरुष र नौ जना महिला गरी कुल ६९ जना, भदौमा एक हजार ५७ जना पुरुष र ८६ जना महिला गरी कुल एक हजार एक सय ४३ जना युवाहरुले कोरिया जानका लागि भन्दै श्रम स्वीकृति लिएका छन् ।
असोजमा छ सय ७७ जना पुरुष र ३४ जना महिला गरी कुल सात सय ११ जना, कात्तिकमा दुई सय २३ जना पुरुष र तीन जना महिला गरी कुल दुई सय २६ जना, मंसिरमा चार सय ४३ जना पुरुष र ४४ जना महिला गरी कुल चार सय ८७ जना युवाहरुले कोरिया जानको लागि भन्दै श्रम स्वीकृति लिएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया