Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनौ वर्षपछि पक्राउ परे वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पौडेल

नौ वर्षपछि पक्राउ परे वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पौडेल


काठमाडौँ ।

वैदेशिक रोजगार मुुद्दाका फरार प्रतिवादी गुुरुदत्त पौडेल नौ वर्षपछि पक्राउ परेका छन । पौडेलविरुद्ध परेको मुुद्दामा वैदेशिक रोजगार न्यायाधिकरण अध्यक्ष मिरा खड्का र सदस्यद्वय अग्निप्रसाद थपलिया र डा. रवि शर्मा अर्यालको सयुुक्त इजालासले वि.सं. २०६८ माघ १७ गते पौडेलविरुद्ध २५ हजार रुपैयाँ जरिवाना र एक वर्ष छ महिना कैद सजायको फैसला गरेको थियो ।

सो लगत्तै फरार रहेका पौडेललाई केन्द्रीय अनुुसन्धान ब्युरो (सीआईबी)ले यही फागुुन १६ गते साँझ काठमाडौंको बागबजार क्षेत्रबाट पक्राउ गरेको सीआईबीकी प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक गंगा पन्तले बताइन् । पौडेलविरुद्ध भोला प्रसाद सेढाईंले जाहेरी दिएका थिए । ‘पौडेल समेत भएको वैदेशिक रोजगार ठगी मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको २०६८ माघ १७ गतेको फैसलाले नवलपरासी साबिक प्रगतिनगर गा.वि.स. वडा नं. ९ (हालको देवचुली न.पा. वडा नं. १३) घर भई रिलायवल एचआर सोलुसन प्रालिका सञ्चालक ४८ वर्षीय पौडेललाई एक वर्ष छ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना तोकेको थियो’, प्रवक्ता पन्तले भनिन् ।

त्योसँगै फरार रहेका पौडेललाई ब्युरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले आइतबार साँझ बागबजार, काठमाडौंमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरी फैसला कार्यान्वयनको लागि सोमाबार काठमाडौं जिल्ला अदालतमा पेश गरेको जनाएको छ । प्रवक्ता पन्तका अनुसार पौडेलले सिंगापुरमा आकर्षक रोजगारीको प्रलोभन देखाई झुक्यानमा पारी पीडितसँग चार लाख ५० हजार लिई दुबई पठाई ठगी गरेको वैदेशिक रोजगारसम्बन्धी कसुरमा वैदेशिक रोजगार न्यायाधिकरण काठमाडौंबाट प्रतिवादी पौडेललाई वैदेशिक रोजगार ऐन, २०४२ को दफा २४ को उपदफा ५ बमोजिम उल्लिखित सजाय भएको हो ।

पक्राउ परेका पौडेलविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दा दायर भएको थियो । उक्त मुुद्दाउपर वैदेशिक रोजगार न्यायाधिकरण इजलासमा अध्यक्ष मिरा खड्का र सदस्यद्वय अग्निप्रसाद थपलिया र डा. रवि शर्मा अर्यालको संयुक्त इजलासले पौडेलसंलग्न ठगी मुुद्दाको २०६८ सालमा फैसला गरेको थियो ।

पौडेलविरुद्ध काभ्रेका भोलाप्रसाद सेढाईंले जाहेरी दिएका थिए । सेढाईंले जाहेरी दिएको ठगीसम्बन्धी मुद्दामा भनिएको छ, ‘कौशिक जनशक्ति इन्टरनेशनल प्रालिका सञ्चालक मधुुसुदन बस्नेत र ग्रिन आसिस ओभसिज प्रालिका सञ्चालकले मलाई वैदेशिक रोजगारमा सिंगापुरमा पठाउन भनी २०६३ मंसिर २८ गते नगद चार लाख ५० हजार रुपैयाँ लिएको र विपक्षी ग्रिन आसिस ओभरसिज प्रालिबाट युएईको केयरटेल कन्ट्राक्टिङ कम्पनीको नाउँमा विभागबाट मिति २०६३ माघ २६ गते च. नं. १४०६७ मा अन्तिम स्वीकृति दिई मिति २०६३ चैत ५ गते उक्त स्वीकृति लिई म एयरपोर्ट पुुगेकोमा उक्त स्वीकृति किर्ते हो भनेर लेबर डेस्कबाट मेरो राहदानी समेत जफत गरी यस विभागसमक्ष दाखिला गराई विपक्षीमध्ये ग्रिन आसिसका मानिसले विभागबाट मेरो पासपोर्ट लिई फिर्ता गरे र मैले विपक्षीमध्ये कौशिक जनशक्ति इन्टरनेशनलका सञ्चालकलाई रकम ताकेता गर्दा महिनाभित्र तिर्छुु भनी कागज गरेको हो ।’

तर हाल आएर उक्त रकम तिर्नुु बुझाउनुको बदला उल्टै हप्काई दप्काई गर्ने गरेकाले साह्रै अन्यायमा परी उजुरी दिन आएको पत्रमा भनिएको छ । विपक्षी म्यानपावरका सञ्चालकहरुलाई विभागसमक्ष उपस्थित गराई दुुवैको विभागबाट हुुने कारोबार रोक्का राखी उक्त आफ्नो चार लाख ५० हजार र त्यसको ५० प्रतिशतले हुुने क्षतिपूर्ति दुई लाख ५० हजार रुपैयाँ समेत गरी छ लाख ७५ हजार रुपैयाँ दिलाई भराई पाऊँ भनी सेढाईंले श्रम तथा रोजगा प्रवद्र्धन विभागमा २०६७ असोज ११ गते उजुरी दिएको न्यायाधिकरणको फैसलासम्बन्धी पत्रमा भनिएको छ ।

‘मलाई वैदेशिक रोजगारीमा पठाउने क्रममा मैले कौशिक जनशक्ति इन्टरनेशनलका सञ्चालक मधुुसुदन बस्नेतलाई रकम दिएको र उक्त रकम कौशिक जनशक्तिले मेरो नाउँमा स्वीकृती नलिई ग्रिन आसिस ओभरसिज प्रालिबाट मेरो नाउँमा समेत मिति २०६३ माघ २६ गते पूर्वस्वीकृति लिएको हो’, दायर मुद्दामा भनिएको छ, ‘सोअनुुसार म दुुबईमा पुुगेको र दुुबईमा पुगेपश्चात् भिसा नभएको अवस्थामा साथीको सहयोगबाट म दुुबईमा दुई महिना बसेर फर्किआएँ । सो पश्चात यस विभागसमक्ष उजुरी दिएको र हाल उक्त उजुुरी कपी विभागमा नपरेको अवस्थामा पुुनः मैले मिति २०६७ असोज ११ गते निवेदन दिएको हुँ ।’

उक्त मुुद्दामा न्यायाधिकरणले जाहेरवालालाई प्रतिवादीहरु कौशिक जनशक्ति इन्टरनेशनलका सञ्चालक मधुुसुदन बस्नेत र ग्रिन आसिस ओभरसिजका सञ्चालक गुुरुदत्त पौडेलले वैदैशिक रोजगारीमा सिंगापुरमा पठाउने भनी चार लाख ५० हजार रुपैयाँ दिल्ली हुँदै सिंगापुर पु¥याई काम नपाई फर्किआएको र युुएई पठाउने भनी टिकट दिई पठाएकोमा श्रम स्वीकृति नक्कली भई एयरपोेर्टमा नै फर्काइदिएको र रकम समेत फिर्ता नदिएकोले निज प्रतिवादीहरुलाई वैदेशिक रोजगार ऐन २०४२ को दफा २४ को उपदफा (२) र वैदेशिक रोजगार ऐन २०६४ को दफा ४३ अनुसार सजाय गरी थप ५० प्रतिशत हर्जनासहित प्रतिवादीलाई दिलाई भराई पाऊँ भनी अभियोगपत्र पेस भएकोमा प्रतिवादीमध्ये मधुसुदन बस्नेत राष्ट्रिय दैनिक पत्रिकाहरुमा सूचना प्रकाशित गर्दा पनि उपस्थित नभएको र गुुरुदत्त पौडेल भने न्यायाधिकरणले तोकेको नै हदम्यादभित्र उपस्थित भएको पत्रमा उल्लेख छ ।

सेढाईंले जाहेर गरेको उक्त मुुद्दामा न्यायाधिकरणले फैसला गर्दै मधुुसुदन बस्नेतलाई ५० हजार जरिवाना र तीन वर्ष कैद एवं जाहेरवालाबाट लिएको चार लाख ५० हजार र त्यसमा ५० प्रतिशतले हुुने रकम दुुई लाख २५ हजार रुपैयाँ समेत गरी छ लाख ७५ हजार रुपैयाँ जाहेरवाल सेढाईंले प्रतिवादी बस्नेतलबाट भरिपाउने ठहर भएको थियो । ‘यसैगरी ग्रिन आसिसका सञ्चालक गुुरुदत्त पौडेलले जाहेरवाला सेढाईंको नाउँको अन्तिम श्रम स्वीकृति समेत निकाली वैदेशिक रोजगारीमा निजलाई पठाउने कार्यमा सहयोग पु¥याई निज जाहेरवाला विदेश पुुगी काम नपाई फिर्ता भएकाले निज प्रतिवादी गुुरुदत्त पौडेलले मतियारको भूमिका निर्वाह गरेको देखिँदा वैदेशिक रोजगार ऐन २०४२ को दफा २५ को उपदफा (५) बमोजिम मुख्य प्रतिवादीलाई भएको सजायको आधा २५ हजार रुपैयाँ जरिवाना र एक वर्ष छ महिना कैद दुुवै सजाय ठहर गरेको छ’, २०६८ माघ १७ गते भएको उक्त मुुद्दाको फैसलामा भनिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया