Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोषको अबको लक्ष्य सुरक्षणको सिमा बढाउने र दस्तुुर घटाउने, जिम्वेवारी हाम्रालाई होईन राम्रालाई

कोषको अबको लक्ष्य सुरक्षणको सिमा बढाउने र दस्तुुर घटाउने, जिम्वेवारी हाम्रालाई होईन राम्रालाई


काठमाडौँ ।
कोषको आगामी लक्ष्य भनेको निक्षेप सुरक्षणको सिमा बढाउने र सुरक्षण दस्तुुर घटाउने हो । अहिले कोषले तीन लाख रुपैयाँसम्मको निक्षेप सुरक्षण गर्दे आएको छ भने सुरक्षण दस्तुुर शुन्य दसमलव १६ प्रतिसत रहेको छ । हामीले निक्षेप सुरक्षण सिमालाई बढाएर पाँच लाख रुपैयाँ पुर्याउने र सुरक्षण दस्तुुर रकमलाई घटाएर शुन्य दसमलव १२ प्रतिसतमा झार्ने लक्ष्य लिएका छौ ।

यसो गर्न सकिएको खण्डमा हाल सात खर्ब ८६ अर्ब रुपैयाँको हाराहारीमा रहेको प्रिमियर रकम बढेर १० खर्ब पुुग्ने छ । यसो गर्दा कोषको बित्तीय अवस्था निकै नै सवल बन्ने छ । यसले सबै पक्षलाई फाईदा पुर्याउने छ, कोषका प्रमुुख कार्यकारी अधिकृत बिष्णुुबाबुु मिश्रले भने ।

कोषको अर्को लक्ष्य भनेको निर्यातमुुखी उद्योग धन्धाहरुलाई प्रोत्साहन गर्ने रहेको छ । साना तथा मझौला उद्योगधन्धाहरुलाई प्रोत्साहन गर्दे कर्जा सुरक्षणको रकमलाई पनि बढाएर १० खर्ब रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ । अहिले कर्जा सुरक्षण रकम एक खर्ब २३ अर्ब रुपैयाँको हाराहारीमा रहेको छ । देशमा निर्यातमुुखी उद्योगहरुलाई प्रोत्साहन गर्दे कर्जा सुरक्षणको दायरा बढाउन सकियो भने यसले प्रत्येक बर्ष बढ्दै गएको खर्बो रुपैयाँको बैदेशिक व्यापार घाटामा थोरै भएपनि कमी ल्याउने सकिने अपेक्षा हामीले गरेका छौं, उनले भने ।

उनको चार बर्षे कार्यकाल आगामी असोज २६ गते संकिदै छ । उनले बिसं २०७४ असोज २७ गते कार्यप्रारम्भ गरेको थिए । सोही अनुसार २०७८ असोज २६ गते उनको कार्यकाल संकिदै छ । यो अवधिमा संस्थाले जति पनि उपलब्धी हाँसिल गर्यो यो उपलब्धीलाई जोगाएर संस्थालाई अझ बढी उचाईमा पुर्याउनको लागि निज जतिकै अथवा भनौ निज भन्दा पनि क्षमतावान व्यक्ति संस्थाको प्रमुख भएर आउनुु पर्छ । यसको लागि हाम्रो भन्दा पनि राम्रो मान्छेलाई संस्थाको जिम्वेवारी सुम्पिनुु पर्ने देखिन्छ ।(आर्थिक दैनिक)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया