Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविकासमा गति लिइरहेको वेदकोट नगरपालिका

विकासमा गति लिइरहेको वेदकोट नगरपालिका


कञ्चनपुर ।
विसं २०७४ को स्थानीय तहको निर्वाचनभन्दा अगाडि सामान्य सुविधा पनि नरहेको बेदकोट क्षेत्रले जनप्रतिनिधि आएपछि भने विकासकोे गति लिइरहेको छ । नगरपालिकाले विभिन्न विकास निर्माणका कार्यलाई तदारुकताका साथ अगाडि बढाइरहेको छ । चालू आर्थिक वर्षमा ७५ करोड ९९ लाख २३ हजार दुई सय ३६ रूपैयाँ बजेट विनियोजन गरेको नगरपालिकाले उपभोक्ता समिति र निर्माण व्यवसायीबाट विकास निर्माणका काम सुरु गरिसकेको छ ।

नगरपालिका क्षेत्रमा १० वटा पक्की पुलका योजना सम्पन्न भएका छन् । यस्तै छवटा पक्की पुल चाँडै सम्पन्न गर्ने योजनामा नगरपालिका रहेको छ । बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले नगरपालिकाले पक्की पुलसँगै तीनवटा झोलुङ्गे पुलको पनि निर्माण सम्पन्न गरेको र एउटा निमार्णाधीन अवस्थामा रहेको बताए । यस्तै दुईवटा नयाँ ठाउँमा झोलुङ्गे पुल निर्माण गरिने बताए ।

नगरपालिकाले पुलसँगै सडक क्षेत्रमा कलभट राख्ने, सडक स्थरोउन्नति तथा कालोपत्रे गर्ने कार्य पनि सँगैसँगै अघि बढाएको छ । नगरपालिकाले मुख्य सडक मानिने दैजी जोगबुढा सडक निर्माण पनि नगरपालिकाले अघि बढेको जनाएको छ । यस्तै पर्यटनतर्फ नगरपालिका क्षेत्रको लिङ्गा क्षेत्रमा करिब सात करोडको पूर्वाधार निर्माण गरिँदैछ । कृषि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमसँग नगरपालिकाको साझेदारीमा लिङ्गा क्षेत्रमा पर्यटन प्रवर्द्धनका गर्न सात करोडको पूर्वाधार निर्माण गरिने भएको हो ।

नगरपालिकाका अनुसार बेदकोट नगरपालिकाको दुई करोड ४५ लाख र संघीय सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको चार करोड ५५ लाख गरेर सात करोडमा उक्त क्षेत्रमा पर्यटन प्रवर्द्धनको आयोजना बन्न लागेको हो । यस्तै नगरप्रमुख चन्दका अनुसार हरेक वडामा स्वास्थ्यको पहुँच पु-याउनका लागि प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण भइरहेको अवस्था छ । नगरपालिकाले १५ सैयाको दैजी स्वास्थ्य चौकीलाई स्तरोउन्नति गर्ने कार्य र ५० सैयाको नगर अस्पतालको लागि झण्डै दुई करोडको भवन निर्माणको कार्यलाई समेत अगाडि बढाएको नगरप्रमुख चन्दले बताए ।

नगरपालिकाले कृषि, पशुपालन, सीपमूलक तालिमलगायत विभिन्न क्षेत्रमा समेत लगानी गरेको छ । कृषि क्षेत्रमा इच्छुक उद्यम गर्ने व्यक्तिहरूका लागि नगरपालिकाले अनुदानलगायत विभिन्न कार्यक्रम अगाडि सारेको छ । नगर क्षेत्रमा रहेको विभिन्न बरोजगार तथा चाहना भएर पनि उद्यम गर्न नपाएका चार सय २० जना नागरिकलाई उद्यमी बनाउने योजना नगरपालिकाको रहेको छ । यस्तै नगर क्षेत्रमा उत्पादन हुने वस्तुलगायत राजस्व संकलनको कुरामा पनि नगरपालिका जिम्मेवार भएर लागेको छ ।

खेलकुदको क्षेत्रमा नगरपालिकाले कवडहललगायत संरचनाको विकास गरिसकेको नगरप्रमुख चन्दले बताए । उनका अनुसार खेल क्षेत्रमा अग्रसर हुनेचाहने खेलाडीको लागि खेल क्षेत्रको पूर्वाधार निर्माण गर्ने कुरा र खेल क्षेत्रलाई प्राथमिकता दिने कुरामा नगरपालिका अगाडि बढेको छ ।

विगतमा बेदकोट नगरपालिकामा खानेपानीको निकै समस्या हुनेगरेको थियो । तर विगतभन्दा नगरपालिकाले नगरको विभिन्न क्षेत्रमा खानेपानीको पहुँच पु-याएको अवस्था छ । नगरपालिकाले मुख्यतया नगरभित्रको संरचनाको विकासको लागि बजेट प्राथमिकतामा राखेको बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया