‘डाक्टरको लापरबाही’ यस्तो पनि हुन्छ !
जिल्लाबाट अन्य कामविशेषले आएको मान्छे शरीर जचाउन गएकै कारण परमधाम !

काठमाडौं ।
करिब एक महिनाअघि काठमाडौंको मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भएको अचानक मृत्युको एउटा घटना अहिले पनि सनसनीपूर्ण, आफन्तको लागि त्रासद र उक्त अस्पतालको लागि टाउको दुःखाइ बनिरहेको छ । जोसुकैलाई पनि पर्नसक्ने यस्ता समस्यालाई अस्पतालले ढाकछोप र कुतर्क गर्नतिर नलागी भविष्यमा दोहोरिन नपाओस् भनी स्थायी समाधान गर्नुपर्छ, पीडित पक्षले उचित न्यायका साथ परिपूरण र लापरबाही गर्नेले कानुनी दण्ड पाउनुपर्छ भन्ने पीडित पक्षको माग सुनिन्छ ।
तेह्रथुमको फाक्चामारा गाउँपालिकामा प्रशासकीय अधिकृत रहेका ४५ वर्षीय देवेन्द्रबहादुर निरौला काम विशेषले काठमाडौं आएको बेला आफ्नो ग्यास्ट्रिकको विमारको सामान्य नियमित जाँच गराउन गत फागुन २० गते बिहान १० बजेतिर स्वयं हिँडेर ह्याम्स अस्पतालमा पुगे । शरीरमा अन्य कुनै रोग वा समस्या थिएन । पेटको सामान्य जाँचपछि डाक्टरले अस्पतालमै भर्ना गरेर विस्तृत जाँच गर्नुपर्छ, अनपेक्षित रुपमा भनेपछि सहमत भई उनी विस्तृत जाँच गराउन भोलिपल्ट २१ फागुनका दिन सो अस्पतालमा भर्ना भए ।
हिँड्डुल, बोलचाल, खानपिन आदि सामान्य अवस्थामै रहेका निज देवेन्द्र निरौलालाई अस्पतालमा राखेपछि कुन औषधि दिइयो र भर्ना भएर जाँचकै अवस्थामा मृत्यु हुन गयो, यसबारे सम्बन्धित डाक्टर तथा अन्य उपचारकर्मीहरूले केही बताउन नसक्नु नै रहस्यमय भएको छ । मृतकका आफन्तहरू यसलाई उपचारमा संलग्न डाक्टर र अन्य स्टाफको चरम लापबाहीको परिणाम हो भनिरहेका छन् । फागुन २३ गते उक्त अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।
मृतकका आफन्तहरूले प्रहरी कारबाहीको लागि जाहेरी गर्दै न्याय नपाउन्जेल लास नबुझ्ने अडान लिएपछि अस्पताल र पीडित पक्षबीच मृत्युको कारणको यथाशीघ्र विस्तृत छानबिन गर्ने र अन्य सबै कुराको हकमा प्रचलित कानुनबमोजिम चल्ने सहमति भएको थियो । हाल पनि यो मामिला सुल्झिएको छैन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- बजार परिसूचक २७ सय ३५ दशमलव ४६ बिन्दुमा
- माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा पवित्र वागेश्वरी मन्दिरमा
- एनआईबीएल एस क्यापिटलको सचेतनामूलक कार्यक्रम
- प्रभुु बैंकको अध्यक्षमा सिटौला चयन
- सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरको लालपत्तामा
- धितोपत्र बोर्डद्वारा ‘एनआईबीएल समृद्धि फण्ड–२’ नामको बन्दमुखी योजना सञ्चालन गर्न अनुुमति
- चीनको जीडीपी १८.३ प्रतिशत वृद्धि
- विदेशमा भारतीय कम्पनीले एकै महिनामा गरे झण्डै दुई अर्ब डलर लगानी
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- जघन्य अपराधमा राज्य उदासीन
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
तपाईको प्रतिक्रिया