Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार९७ कम्पनीहरुको बोनस सूचीकृत

९७ कम्पनीहरुको बोनस सूचीकृत

बोर्डमा थपियो ३६ अर्ब २२ करोड ३० लाख रुपैयाँबराबरको बोनस सेयर


काठमाडौं ।
नेपाल धितोपत्र बोर्डमा झण्डै आठ महिनाको अवधिमा ३६ अर्ब २२ करोड ३० लाख नौ हजार नौ सय ५६ रुपैयाँबराबरको ३६ करोड २२ लाख ३० हजार ९९ दशमलव ५६ कित्ता बोनस सेयर सूचीकृत भएका छन् । बोर्डका अनुसार पछिल्लो आठ महिना अर्थात् साउन २ गतेदेखि यही चैत १७ गतेसम्ममा नेपाल बंगलादेश बैंक, नेपाल इन्स्योरेन्स कम्पनी, नागरिक लगानी कोषसहितका ९७ वटा कम्पनीहरुको बोनस सेयर नियमित कारोबारको लागि सूचीकृत भएका हुन् ।

बोर्डका अनुसार पछिल्लोपटक आरएमडीसी लघुवित्त वित्तीय संस्थाको १३ करोड ४८ लाख ९८ हजार पाँच सय १४ रुपैयाँबराबरको १३ लाख ४८ हजार नौ सय ८५ दशमलव १४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसैगरी फष्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको पनि सात करोड ६० लाख ७० हजार चार सय ४५ रुपैयाँबराबरको सात लाख ६० हजार सात सय चार कित्ता बोनस सेयर सूचीकृत भएको छ भने सिटिजन्स बैंक इन्टरनेशनलको ७२ करोड ७१ लाख ८५ हजार तीन सय ८३ रुपैयाँबराबरको ७२ लाख ७१ हजार आठ सय ५३ कित्ता बोनस सेयर सूचीकृत भएका छन् । फरवार्ड कम्युनिटी लघुवित्त वित्तीय संस्थाको १२ करोड २७ लाख ४३ हजार चार सय रुपैयाँबराबरको १२ लाख २७ हजार चार सय ३४ कित्ता बोनस सेयर थप भएको छ । यसैगरी नारायणी डेभलपमेन्ट बैंकको पनि दुई करोड १८ लाख ७४ हजार छ सय रुपैयाँबराबरको दुई लाख १८ हजार सात सय ४६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

नेरुडे लघुवित्त वित्तीय संस्थाको पनि पाँच करोड ९६ लाख ४७ हजार ४० रुपैयाँबराबरको पाँच लाख ९६ हजार चार सय ७० दशमलव ५० कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसैगरी निर्धन उत्थान लघुवित्तको ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको आठ करोड ५८ लाख रुपैयाँबराबरको आठ लाख ५८ हजार कित्ता, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १६ करोड ३५ लाख १० हजार नौ सय ८४ रुपैयाँबराबरको १६ लाख ३५ हजार एक सय नौ कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।

पछिल्लो समय हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको चार करोड १० लाख ८८ हजार रुपैयाँबराबरको चार लाख १० हजार आठ सय ८० कित्ता, एनएमबी लघुवित्त वित्तीय संस्थाको चार करोड ८६ लाख एक हजार आठ सय ७५ रुपैयाँबराबरको चार लाख ८६ हजार १८ कित्ता, हिमालयन बैंकको ८५ करोड २० लाख २५ हजार पाँच सय ८४ रुपैयाँबराबरको ८५ लाख २० हजार दुई सय ५५ कित्ता र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको पनि एक करोड ४८ लाख ४६ हजार छ सय ४० रुपैयाँबराबरको एक लाख ४८ हजार चार सय ६६ कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।

पछिल्लो पटक तिनाउ मिसन डेभलपमेन्ट बैंकको १३ करोड ७३ लाख एक सय ७५ रुपैयाँबराबरको १३ लाख ७३ हजार एक कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसैगरी शाइन रेसुंगा डेभलपमेन्ट बैंकको पनि ३९ करोड ३४ लाख ३५ हजार छ सय १९ रुपैयाँबराबरको ३९ लाख ३४ हजार तीन सय ५६ दशमलव १९ कित्ता बोनस सेयर सूचीकृत भएको छ । पछिल्लो अवधिमा मिथिला लघुवित्त वित्तीय संस्थाको एक करोड ५८ लाख ७९ हजार दुई सय ४० रुपैयाँबराबरको एक लाख ५८ हजार सात सय ९२ दशमलव ४० कित्ता, नागवेली लघुुवित्त वित्तीय संस्थाको चार करोड ३५ लाख ९६ हजार छ सय ७० रुपैयाँबराबरको चार करोड ३५ लाख नौ हजार छ सय ६६ दशमलव ७० कित्ता, सिभिल लघुवित्त वित्तीय संस्थाको ५७ लाख ५७ सय रुपैयाँबराबरको ५७ हजार ५७ कित्ता, सामुदायिक लघुवित्त वित्तीय संस्थाको तीन करोड २० लाख रुपैयाँबराबरको तीन लाख २० हजार कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।

यसैगरी सपोर्ट लघुवित्त वित्तीय संस्थाको ६० लाख रुपैयाँबराबरको ६० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ भने प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको २५ करोड नौ लाख ९२ हजार पाँच सय रुपैयाँबराबरको २५ लाख नौ हजार नौ सय २५ कित्ता बोनस सेयर सूचीकृत भएका छन् । यसैगरी नागरिक लगानी कोषको पनि २९ करोड ५८ लाख ७१ हजार तीन सय छ कित्ता बोन बोनस सेयर सूचीकृत भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको पनि चार करोड ७२ लाख २६ हजार छ सय ७० रुपैयाँबराबरको चार लाख ७२ हजार दुई सय ६७ कित्ता सेयर सूचीकृत भएको छ ।

बोर्डका अनुसार ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको पनि तीन करोड ८६ लाख ६० हजार एक सय २५ रुपैयाँबराबरको तीन लाख ८६ हजार छ सय एक दशमलव २५ कित्ता बोनस सेयर सूचीकृत भएको छ भने नेपाल बंंगलादेश बैंकको पनि ४० करोड ७६ लाख १२ हजार छ सय रुपैयाँबराबरको ४० लाख ७६ हजार एक सय २६ कित्ता बोनस सेयर सूचीकृत भएका छन् । एक्सेल डेभपलमेन्ट बैंकको पनि ११ करोड ८४ लाख ४७ हजार दुई सय ५० रुपैयाँबराबरको ११ लाख ८४ हजार चार सय ७२ दशमलव ५० कित्ता बोनस सेयर सूचीकृत भएको छ भने छ्याङदी हाइड्रोपावर लिमिटेडको पनि एक करोड ३५ लाख रुपैयाँबराबरको एक लाख ३५ हजार कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।

यसैगरी वोमी लघुवित्त वित्तीय संस्थाको पनि दुई करोड ५२ लाख ७२ हजार रुपैयाँबराबरको दुई लाख ५२ हजार सात सय कित्ता बोनस सेयर सूचीकृत भएको छ भने नेपाल इन्स्योरेन्स कम्पनीको पनि पाँच करोड ४७ लाख ७६ हजार आठ सय ३३ रुपैयाँबराबरको पाँच लाख ४७ हजार सात सय ६८ कित्ता बोनस सेयर सूचीकृत भएका छन् । आईएमई जनरल इन्स्योरेन्स कम्पनीको पनि छ करोड १२ लाख २६ हजार रुपैयाँबराबरको छ लाख १२ हजार दुई सय ६० कित्ता बोनस सेयर सूचीकृत भएका छन् । यीबाहेक समाज लघुवित्त वित्तीय संस्था, स्पर्श लघुवित्त वित्तीय संस्था, नयाँ नेपाल लघुवित्त वित्तीय संस्था आदिको पनि बोनस सेयर सूचीकृत भएको बोर्डले जानकारी दिएको छ ।

२०७७ सालमा सेयरबजारले कायम ग-यो ऐतिहासिक रेकर्ड
वि.सं. २०७७ सालको अन्तिम कारोबार दिन अर्थात् यही चैत ३१ गते मंगलबार सेयरबजार परिसूचकले ऐतिहासिक रेकर्ड कायम गरेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार २३ दशमलव २३ अंकले उकालो लागेर २७ सय १४ दशमलव ७९ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ९९ अंकले उकालो लागेर चार सय ८६ दशमलव २८ अंकमा चढेको हो । यस दिन धितोपत्र बजारमा १३ वटा उपसमूहअन्तर्गत दुई सय नौवटा कम्पनीहरुको सेयर कारोबार भए । जसबाट ७६ हजार ९४ पटकको कारोबारमा एक करोड ४६ लाख ९१ हजार छ सय ४३ कित्ता सेयर खरिद बिक्री भए । जसबाट यस दिन सात अर्ब १४ करोड ३१ लाख ५१ रुपैयाँको सेयर कारोबार भए ।

यस दिन धितोपत्र बजारमा कारोबार भएका कुल उपसमूहमध्ये सातवटा उपसमूहको सूचक ओरालो लाग्दा छवटा उपसमूहको सूचक उकालो चढे । जसमध्ये वाणिज्य बैंक उपसमूहको सूचक ४२ दशमलव ३६ अंकले उकालो लागेर १८ सय ८१ दशमलव १२ अंकमा चढेकोमा विकास बैंक उपसमूहको सूचक पनि ९५ दशमलव ४२ अंकले उकालो लागेर २८ सय ९० दशमलव ३२ अंकमा चढे । यसैगरी जलविद्युत् उपसमूहको सूचक पनि ३१ दशमलव ६९ अंकले उकालो लागेर २६ सय तीन दशमलव ४० अंकमा चढेकोमा फाइनान्स उपसमूहको सूचक पनि तीन दशमलव ६४ अंकले उकालो लागेर १२ सय ८१ दशमलव ८४ अंकमा चढे । यीबाहेक टे«डिङ र सामूहिक लगानी कोष उपसमूहको सूचक पनि क्रमशः ६९ दशमलव २९ र शून्य दशमलव शून्य छ अंकले उकालो लागे ।

निर्जीवन बीमा उपसमूहको सूचक भने यस दिन ८८ दशमलव ९२ अंकले ओरालो लागेर १३ हजार छ सय ५९ दशमलव ८७ अंकमा झरेकोमा जीवन बीमा समूहको उपसूचक पनि ५१ दशमलव २८ अंकले ओरालो लागेर १७ हजार तीन सय ६२ दशमलव ४३ अंकमा झरे । होटल तथा पर्यटन उपसमूहको सूचक पनि यस दिन ६२ दशमलव २४ अंकले ओरालो लागेर तीन हजार नौ सय ८८ दशमलव चार अंकमा झरेकोमा उत्पादनमूलक, अन्य, लघुवित्त र लगानी समूहको सूचकहरु पनि क्रमशः २१ दशमलव ५१, सात दशमलव पाँच, १४ दशमलव चार र शून्य दशमलव ४६ अंकले ओरालो लागे ।

यस दिन बढी कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ दशमलव ९७ प्रतिशतले बढेर १६ सय ९९ रुपैयाँमा प्रतिकित्ता सेयर किनबेच भए । दोस्रो स्थानमा परेको माउन्टेन इनर्जी हाइड्रोपावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य पनि नौ दशमलव ८९ प्रतिशतले बढेर आठ सय ३३ रुपैयाँमा किनबेच भए ।

यीबाहेक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी, सिन्धु विकास बैंक आदिको सेयर मूल्य पनि बढे । गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य चार दशमलव २७ प्रतिशतले घटेर २५ सय आठ रुपैयाँमा प्रतिकित्ता सेयर किनबेच भए । दोस्रो स्थानमा परेको श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य पनि तीन दशमलव ७६ प्रतिशतले घटेर दुई सय ५६ रुपैयाँमा कारोबार भए । यीबाहेक एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि घटे ।

रकम कारोबारका आधारमा भने यस दिन नेपाल बैंक पहिलो स्थानमा परे । उक्त बैंकको प्रतिकित्ता चार सय ५९ रुपैयाँ अन्तिम मूल्यमा २७ करोड ८८ लाख ९० हजार सात सय ६६ रुपैयाँको सेयर किनबेच भयो । दोस्रो स्थानमा परेको नबिल बैंकको पनि प्रतिकित्ता १३ सय ७९ रुपैयाँ अन्तिम मूल्यमा २७ करोड ३० लाख सात हजार छ सय ६१ रुपैयाँको कारोबार भयो । यीबाहेक एनआईसी एसिया बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक आदिको पनि बढी रकम कारोबार भयो ।

नेप्सेका अनुसार यस दिन आठ दशमलव पाँच प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०८४ र मञ्जुश्री फाइनान्सको नौ दशमलव पाँच प्रतिशत मञ्जुश्री फाइनान्स लिमिटेड डिबेञ्चर २०८५ नियमित कारोबारका लागि सूचीकृत भए । यसैगरी शाइन रेसुंगा डेभलपमेन्ट बैंकको पनि १३ प्रतिशतको अनुपातमा ३९ लाख २१ हजार दुई सय ४१ दशमलव ६६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया