Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकडा सुरक्षा मापदण्ड अपनाउन बैंकहरूलाई निर्देशन

कडा सुरक्षा मापदण्ड अपनाउन बैंकहरूलाई निर्देशन


काठमाडौं ।
नेपाल राष्ट्र बैंकले कोभिड १९ को संक्रमणबाट जोगिँदै वित्तीय सेवा उपलब्ध गराउन आवश्यक सुरक्षा मापदण्ड अपनाउन निर्देशन दिएको छ । सोमबार वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लघुुवित्त वित्तीय संस्था समेतको नाउँमा परिपत्र जारी गर्दै राष्ट्र बैंकले कोभिड १९ को सम्भावित जोखिमबाट जोगिन आवश्यक सुरक्षा मापदण्ड अपनाएर वित्तीय सेवा उपलब्ध गराउन निर्देशन दिएको हो ।

विश्वव्यापीरुपमा पछिल्ला दिनहरूमा कोभिड १९ को संक्रमण दोस्रो लहरको रुपमा फैलिँदै गएको र सोही रुपमा नेपालमा समेत तीव्ररुपमा फैलिँदै गएकाले संक्रमणको जोखिमलाई न्यूनीकरण गर्दै आवश्यक स्वास्थ्य सतर्कतासहित बैंक तथा वित्तीय संस्थाहरूलाई व्यावसायिक निरन्तरता दिन राष्ट्र बैंकले निर्देशन दिएको हो ।

सोहीअनुरुप ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा बैंक तथा वित्तीय संस्थाहरूलाई वित्तीय सेवा उपलब्ध गराउन निर्देशन दिएको राष्ट्र बैैंकले जनाएको छ । निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाहरूले नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपायहरू अवलम्बन गर्नुपर्नेछ ।

सेवाग्राहीको भीडभाड नहुुने तथा भौतिक दूरी कायम हुुने व्यवस्था मिलाई सेवा प्रवाह गर्ने, साथै सेवाग्राहीको आवतजावत सकेसम्म कम हुुने गरी बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेवाहरू यथासम्भव विद्युुतीय माध्यमबाट गर्न गराउन, प्रोत्साहित गर्न पनि निर्देशन दिएको छ ।

बैंक तथा वित्तीय संस्थाद्वारा सञ्चालित एटीएम बुुथहरूबाट हुुनसक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न ढोका खुल्ला राखी सेनिटाइजर एवं टिस्यु पेपरको व्यवस्था गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । यसैगरी बैंक तथा वित्तीय संस्थाबाट सञ्चालन गरिने बैठक, गोष्ठी, सेमिनार, तालिमजस्ता कार्यक्रमहरूमा भौतिक दूरी सुनिश्चित गर्ने तथा सम्भव भएसम्म यस्ता कार्यक्रमहरू भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

राष्ट्र बैंकले कर्मचारीहरूलाई हुुनसक्ने संक्रमण तथा संस्थाको व्यावसायिक निरन्तरतालाई मध्यनजर गर्दे संक्रमणको जोखिम न्युन गरी सेवा प्रवाह गर्ने, कर्मचारीहरूलाई समूहमा विभाजन गरी समूह समूहबीच प्रत्यक्ष सम्पर्क नहुने गरी कार्य वातावरण निर्माण गर्ने र यसको लागि आवश्यकताका आधारमा रिमोट एक्सिस, वर्क फ्रम होम, सिफ्टवाइज वर्क आदिको व्यवस्था गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

कर्मचारीहरूमा संक्रमणको शंका लागेमा अविलम्ब परीक्षणको व्यवस्था गर्ने र संक्रमण देखिएका कर्मचारीहरूलाई आइसोलेसन गर्ने तथा कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीहरूलाई क्वारेन्टाइन गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाहरूलाई कोभिड २९ सम्बन्धी समस्याको सहजीकरण र सम्पर्कका लागि कोभिड १९ सुरक्षा व्यवस्था गठन गर्न निर्देशन दिएकोमा सो समूहलाई सक्रियरुपमा परिचालन गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

समुदायस्तरमा कोभिड १९ को संक्रमण फैलिई महामारीको विशेष अवस्था आइपर्नसक्ने परिस्थितिलाई समेत आकलन गरी बैंक तथा वित्तीय संस्थाका अत्यावश्यकीय कार्यको निरन्तरताको लागि कार्ययोजनासहितको कन्टिजेन्सी प् लानलाई समयानकूलरुपमा अद्यावधिक गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया