Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारघरजग्गा क्षेत्रमा बैंक तथा फाइनान्स कम्पनीहरूको एक खर्ब ७२ अर्ब रुपैयाँ कर्जा

घरजग्गा क्षेत्रमा बैंक तथा फाइनान्स कम्पनीहरूको एक खर्ब ७२ अर्ब रुपैयाँ कर्जा


काठमाडौँ ।

बैंक तथा फाइनान्स कम्पनीहरूले घरजग्गा क्षेत्रमा कुुल एक खर्ब ७२ अर्ब ३४ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको फागुुन मसान्तसम्ममा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १९ वटा विकास बैंक र २० वटा फाइनान्स कम्पनीहरूले घरजग्गा क्षेत्रमा मात्र उक्त परिमाणमा कर्जा प्रवाह गरेका छन् ।

यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूको कुुल निक्षेप ४३ खर्ब ४५ अर्ब ३८ करोड २० लाख रुपैयाँ रहेको छ भने कुुल कर्जा रकम ३८ खर्ब ५२ अर्ब ६३ करोड ३० लाख रुपैयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको फागुुन मसान्तसम्ममा वाणिज्य बैंकहरूले मात्र कुल ३८ खर्ब २६ अर्ब ९९ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ३४ खर्ब ११ अर्ब ९९ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । उक्त कर्जामध्ये घरजग्गा क्षेत्रमा मात्र प्रवाह भएको वाणिज्य बैंकहरूको कर्जा रकम एक खर्ब ४८ अर्ब नौ करोड ५० लाख रुपैयाँ रहेको छ ।

राष्ट्र बैंकका अनुुसार विकास बैंकहरूले भने घरजग्गा क्षेत्रमा कुुल १७ अर्ब ३३ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा विकास बैंकहरूले कुल चार खर्ब १७ अर्ब एक करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब ५९ अर्ब ५४ करोड १० लाख रुपैयाँ कर्जा प्र्रवाह गरेको जानकारी राष्ट्र बैंकले दिएको छ । फाइनान्स कम्पनीहरूले भने चालू आर्थिक वर्षको फागुुन मसान्तसम्ममा कुुल एक खर्ब एक अर्ब ३६ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब नौ करोड ९० लाख रुपैयाँ कर्जा प्र्रवाह गरेका छन् ।

राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरूले घरजग्गा क्षेत्रमा मात्र प्रवाह गरेको कुुल कर्जा रकम भने छ अर्ब ९१ करोड ४० लाख रुपैयाँ रहेको छ ।बैंक तथा फाइनान्स कम्पनीहरूले घरजग्गाबाहेक छुट्टै व्यक्तिगत आवास शीर्षकमा भने दुुई खर्ब ७३ अर्ब ८७ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । उक्त कर्जामध्ये वाणिज्य बैंकहरूले मात्र प्रवाह गरेको कर्जा रकम दुुई खर्ब २५ अर्ब ६० करोड ६० लाख रुपैयाँ रहेको छ भने विकास बैंकहरूले व्यक्तिगत आवास शीर्षकमा प्रवाह गरेको कुुल कर्जा रकम ३९ अर्ब ६२ करोड ६० लाख रुपैयाँ रहेको छ । यसैगरी फाइनान्स कम्पनीहरूले पनि व्यक्तिगत आवास शीर्षकमा आठ अर्ब ६४ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया