Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसंघीय संसदका २८ सांसदलाई कोरोना

संघीय संसदका २८ सांसदलाई कोरोना


काठमाडौं ।
संघीय संसद्का २८ सांसदलाई कोरोना पोजिटिभ भएको पुष्टि भएको छ । संसद भवनमा गरिएको र बाहिर गरिएको परीक्षणका क्रममा २८ सांसदलाई कोरोना लागेको पुष्टि भएको हो । संसद्मा गरिएको परीक्षणमा भने १९ सांसद र अन्य एक सय ४१ जनालाई कोरोना लागेको पुष्टि भएको थियो ।

प्रतिनिधिसभाको यही वैशाख २७ गते हुने अधिवेशनका सन्दर्भमा सचिवालयले वैशाख २२, २३ र २४ गते नयाँ बानेश्वरस्थित संसद् भवनमा कोरोना परीक्षण गर्ने व्यवस्था मिलाएको थियो पीसीआर परीक्षणमा दुई सय पाँच सांसद सहभागी भएकामा राष्ट्रियसभाका एकसहित १९ जनालाई कोरोना पोजिटिभ देखिएको हो । बाहिर गरिएको परीक्षणमा यसअघि नौ सदस्यलाई कोरोना पोजिटिभ देखिएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेपछि संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् । सचिवालयले संक्रमणलाई हेक्का गर्दै प्रतिनिधिसभा अधिवेशनमा सांसदका लागि सिट व्यवस्थापन गरेको छ । सभामुख र संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतक सम्मिलित कार्यव्यवस्था परामर्श समितिले छलफलपछि तय गर्ने कार्यसूचीका आधारमा अधिवेशन कसरी अघि बढाउने भन्ने निर्क्योल गरिनेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया