शैक्षिक बेरोजगारी कम गर्न पाँच प्रतिशत ब्याजमा २५ लाख रुपैयाँ कर्जा
काठमाडौँ । सरकारले शैक्षिक क्षेत्रमा बढ्दै गएको बेरोजगारीलाई कम गर्नको लागि शैक्षिक प्रमाणपत्र धितो लिएर कर्जा दिने भएको छ । अर्थमन्त्री विष्णुुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट सार्वजनिक गर्दै आगामी आर्थिक वर्षमा शैक्षिक प्रमाणपत्र धितो लिएर २५ लाख रुपैयाँ कर्जा दिने भएको छ ।
यसको लागि न्यूनतम पाँच प्रतिशत ब्याज लिनसक्ने व्यवस्था कार्यान्वयनमा ल्याउने अर्थमन्त्री पौडेलले जानकारी दिए । सरकारले बढ्दो युवा बेरोजगारीलाई कम गर्नको लागि पनि स्टार्टअप व्यवसायहरुलाई एक प्रतिशत ब्याजदरको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले स्टार्टअप (नवउद्यम) हरुलाई बीउपुँजीका लागि एक प्रतिशत ब्याजमा २५ लाख रुपैयाँसम्म कर्जा दिने व्यवस्था कार्यान्वयनमा ल्याउने घोषणा गरेका हुुन् ।
यसको व्यवस्थापनको लागि एकद्वार प्रणाली कार्यान्वयनमा ल्याउने घोषणा समेत अर्थमन्त्री पौडेलले गरेका छन् ।
आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले नवउद्यमीहरुलाई वित्तीयरुपमा सघाउनका लागि एक अर्ब रुपैयाँको जोखिम व्यवस्थापन कोष (च्यालेन्ज फन्ड) स्थापना गरी कार्यान्वयनमा ल्याउने घोषणा पनि अर्थमन्त्री पौडेलले गरेका छन् । यसैगरी सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत वैकल्पिक शिक्षालाई प्रोत्साहन गर्नको लागि ल्यापटप खरिदमा सहुलियतपूर्ण कर्जा दिने घोषणा गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया