Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्र बैंकद्वारा पुनः २४ अर्ब नौ करोड रुपैयाँको ट्रेजरी बिक्री

राष्ट्र बैंकद्वारा पुनः २४ अर्ब नौ करोड रुपैयाँको ट्रेजरी बिक्री


काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले जेठ २४ गते अर्थात् सोमबार पुनः २४ अर्ब नौ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गरिएको हो । यसअघि यही जेठ १७ गते पनि राष्ट्र बैंकले २६ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

जारी मिति जेठ २५ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिएका थिए । बिक्री गरिएको कुुल ट्रेजरीमध्ये ९१ दिने अवधिको १२ अर्ब २६ करोड, एक सय ८२ दिने अवधिको पाँच अर्ब र तीन सय ६४ दिने अवधिको छ अर्ब ८३ करोड रुपैयाँको रहेको छ । यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७८ भदौ २२ गते, २०७८ मंसिर २१ गते र २०७९ जेठ २४ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार बिक्री हुुने उक्त ट्रेजरी पुरानो नवीकरणअन्तर्गतको १४ अर्ब नौ करोड र नयाँतर्फ १० अर्ब रुपैयाँको रहेको छ ।

यसअघि गत साता पनि राष्ट्र बैंकले ९१ दिने अवधिको आठ अर्ब १३ करोड, एक सय ८२ दिने अवधिको छ अर्ब र तीन सय ६४ दिने अवधिको १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल गरेको थियो । राष्ट्र बैंकका अनुसार सोमध्ये ९१ दिने अवधिको आठ अर्ब १३ करोड रुपैयाँको ट्रेजरीको लागि सात अर्ब ९२ करोड, एक सय ८२ दिने अबधिको छ अर्ब रुपैयाँको ट्रेजरीको लागि १७ अर्ब ३३ करोड र तीन सय ६४ दिने अवधिको १२ रुपैयाँ बराबरको ट्रेजरीको लागि २६ अर्ब पाँच करोड रुपैयाँ बराबरको आवेदन परेको थियो ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षभित्र दुई खर्ब २५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण लक्ष्य लिएको छ । सोअनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिकमा ५७ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाइसकेको राष्ट्र बैंकले चालू आवको दोस्रो चौमासिकमा पनि ५६ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाएको छ । ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रसहितका मौद्रिक उपकरणहरु बिक्री गरेर उक्त परिमाणमा ऋण उठाइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसैगरी चालू आवको तेस्रो चौमासिकमा भने राष्ट्र बैंकले एक खर्ब १२ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउनेछ । यसको लागि राष्ट्र बैंकले ४९ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल, ६० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र दुई अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने तयारी गरेको छ ।

Open Photo


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया